US Khabar

महात्मा गान्धीको चस्मा ४ करोड ८ लाख रुपैयाँमा अमेरिकी नागरिकले खरिद गरे

- Admin | ३ वर्ष पहिले प्रकाशित

महात्मा गान्धीको चस्मा ४ करोड ८ लाख रुपैयाँमा अमेरिकी नागरिकले खरिद गरे

भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख नेता माहात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ । ब्रिटेनस्थित लिलाम गर्ने इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा अमेरिकी नागरिकले गान्धीको चस्मा साढे दुई करोड भारु मुल्यमा खरिद गरेबका हुन् ।

समाचारमा उल्लेख भए अनुसार गान्धीको चस्मा खरिद गर्ने ति अमेरिकी नागरिक संग्रहकर्ता हुन् । यो चस्मा ब्रिस्टलको म्यानगट्सफिल्डका बयोबृद्धसंग रहेको थियो । ति बृद्धले गान्धीको चस्मा आफ्ना काकाबाट प्राप्त गरेका थिए । गान्धीले दक्षिण अफ्रिकामा काम गरेको समय गान्धीले उनका काकालाई आफ्नो चस्मा दिएका थिए । लामो समयदेखी आफुसंग रहेको सो चस्मा गत अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र छोडेको अवस्थामा फेला परेको थियो । ५० बर्षदेखी ति बयोबृद्धसंग रहेको यो चस्मा उनले पहिले पनि इस्ट ब्रिस्टल अक्सन्स मार्फत बिक्री गर्न खोजेको बुझीएको छ । किनकी ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका एन्ड्र्यू स्टोले यस चस्मा बारे बोल्दै ति बृद्धले एक समय यस चस्मा आफ्नो लागि कुनै काम नभएकोले फालिदिन्छु भनेको पनि बताएका छन् ।

सो चस्मा पत्र मञ्जुषा मार्फत इस्ट ब्रिस्टल अक्सन्स कम्पनीले फेला पारेको थियो । शुक्रबार खाम भित्र चस्मा राखेर खसालीएको सो खाम सोमबार खोलेर हेर्दा त्यसमा चस्मा रहेको र खाममा यो चस्मा महात्मा गान्धीको हो भनेर लेखिएको थियो ।

सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा माहात्मा गान्धीको नै भएको प्रमाणित भएपछि ति चस्माका मालिकलाई खबर गरी चस्मा लिलामीमा राखीयो र अन्तत चस्मा ठुलो रकममा बिक्रि समेत भयो । सोच्दै नसोचेको रकम प्राप्त गरेका ति बयोबृद्धले खुसी ब्यक्त गरेका छन् साथै उनले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने पनि बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!