US Khabar

कोरोना भाइरस नियन्त्रण हुन २ बर्ष लाग्न सक्ने डब्ल्यूएचओको अनुमान

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना भाइरस नियन्त्रण हुन २ बर्ष लाग्न सक्ने डब्ल्यूएचओको अनुमान

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस नियन्त्रण हुन २ बर्ष लाग्न सक्ने अनुमान गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका हुन् ।

डा. गेब्रेयससलले कोरोना महामारी दुई वर्षभित्र नियन्त्रण हुन सक्ने आसा ब्यक्त गरेसंग कोरोना पूर्ण नियन्त्रणको समयावधी २ बर्ष या त्यो भन्दा पनि बढी हुन सक्ने स्पष्ट भएको छ । किनकी उनले स्पष्ट रुपमा २ बर्षमा नै नियन्त्रण हुन्छ नभनी आसामात्र ब्यक्त गरेका छन् ।

डा. गेब्रेयससलले ५ करोड बढीले ज्यान गुमाएको सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको उदाहरण दिंदै तर अहिलेको प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा यो अझ चाँडो नियन्त्रणमा आउन सक्ने पनि बिष्लेशण गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!