US Khabar

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना संक्रमण भेटिएको छ।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अब उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ संक्रिमतको मृत्यु भएको हो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!