केही दिन यता नेकपाका अध्यक्ष कमरेड प्रचण्डको यो भनाई “मैले पृथ्वीनारायण शाहा बाटा युद्धकला सिकेर १० बर्षे ससस्त्र युद्ध गरेको थिए” सामाजिक सन्जालमा निकै भाईरल भएको छ । मुख्य शिर्षक यही राखी केही अनलाई मिडियाले तातो-तातो समाचार बनाई रहदा मलाई भने हाॅसो उठिरहेको छ । धेरैले सेयर गरेका पोष्ट प्राय सबै हेरोको छु मैले, तल कम्मेन्टमा प्रचण्डलाई सकरात्मक भन्दा नकरात्मक टिप्नी गर्नेको भिड देखे ।

मलाई यस बिषयमा केही कुरा भन्न मन लाग्यो । प्रचण्डले न त पृथ्वीनारायण शाहाको युद्ध रणनिती प्रयोग नै गरे न गर्ने सोचनै राखे होलान, किनकी पृथ्वी नारायण शाहाले स-साना राज्य आफैमा कम्जोर हुने भएकाले ईष्टईण्डिया कम्पनी मार्फत तत्कालीन अंग्रेज शासकले साना राज्यहरुलाई बिस्तारै आफ्नो कब्जामा लैजान सक्दथ्यो, तसर्थ सबै राज्य सिंगो नेपाल बनेको खण्डमा केही हदसम्म बलियो हुन्छ भन्ने थियो र ति स-साना राज्यहरुलाई गोरखा राज्य बिस्तार संगै एकीकरण अभियानमा होमेका थिए । स्मरण रहोस अहिले धेरैले एकीकरण थिएन, गोरखा राज्य बिस्तार थियो भन्छन । गोरखा राज्य बिस्तार थियो तर कालान्तरमा देश एकीकरणनै भयो । जसको उदाहरण काठमाण्डौ उपत्यकाका राज्य एकीकरण पस्चात पृथ्वीनारायण शाहाले संकृतीक बिचलन हुन नदिई नेवारी संकृतीलाई आत्मसाथ गर्नु र राजधानी काठ्माण्डौ उपत्यकालाई नै बनाउनु यो भन्दा बलियो तर्क के हुन सक्ला ?

करिब २४० बर्ष अघी निरक्षर राजाले यस्तो बुद्धी पर्योग गरी सिंगो नेपाल निर्मान गरे, त्यसैलाई आज जात, धर्म र भुगोलका नाममा खण्डीकरण गर्न बनेको नयाॅ संबिधानको बेश थियो प्रचण्डको ससस्त्र बिद्रोह, अब भन्नुहोस कहाॅनिर सिके यिनले पृथ्वीनारायण शाहाबाट युद्ध सम्बन्धी रणनिती ? उत्तर दिन दुई बित्ता मुख बआउने गरी नबोलेको भए पनी हुने यि कमरेडले, मलाई दुईजिब्रे भन्ने गर्दछन साथीहरुले भनी हरेक सार्बजनीक भाषणहरुमा दोह्रयाउने गरेका प्रचण्डका जिब्रा बर्षै पिच्छे सर्पको जस्तै दुई भन्दा बढी नै पो फेरीन थालेकी भन्ने कुराको अझै प्रति प्रश्न किन नगर्ने ?

केही बिद्वान भनिनेहरुले पृथ्वीनारायण शाहालाई युद्ध अपराधी भन्छन, तिनको बिद्वता देखेर दया सिबाय केही लाग्दैन मलाई । एक जना भयानक राजनैतिक बिश्लेषक भनेर चिनिएका ॲागकाजी सेर्पा नामका ब्याक्तिले सधै एकता दिवसका दिन पारेर किर्तिपुरका सोझा नेवारहरुलाई १७ धार्नि नाक काटेका थिए तिम्रा पुस्ताका भनी उचाल्ने र पृथ्वीनारायण शाहाको तस्बिरमा थुक्ने अभियान नै चलाए । बिचरा ति बिश्लेषक…!! १७ धार्नी वजन पुर्याउन कति जनाको नाक काट्न पर्ला ? त्यो बेलाको पुरै नेपालको जनसंख्या कति थियो होला र किर्तिपुरमा कति संख्यामा नेवारको बस्ती थियो भनी ॲाकलन गर्न नसक्ने यस्ता मुर्ख मनुस्यहरुलाई बिश्लेषक र बिद्वानको दर्जा दिदै गर्दा साॅच्चीकै बिद्वान बर्गहरुको बिद्वता माथिनै प्रश्न चिन्न लाग्दा किन कोही बोल्दैनन् कुन्नी ?

अन्तमा दुई जिब्रे हुन या तिन जिब्रे नै अझै भनौ बर्षै पिछे सर्पले झै जिब्रो र बोली फेर्ने आरोप लागेका कमरेड प्रचण्डले ढिलै किन नहोस एकताका प्रतिक पृथ्वीनारायण शाहाको युद्धकला सिक्ने कुरो परै जाओस उनको युद्व कलाको प्रसंसा त गरेरै छाडे । बाहीर जे सुकै भन्दै हिड अग्रगामी कमरेडहरु हो तिम्रो अन्तर ह्रदयले नेपालका शाहा बंसिय राजसस्थाका प्रतिक पृथ्वीलाई सम्झिएकै छौ र सम्झिन करै पनी छ ।

Comments

comments