प्रतिनिधिसभाको आज बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । आज १ बजेका लागि बैठक बोलाइएको थियो । बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको भेटमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बैठक स्थगित गर्न सुझाव दिइएको उच्च स्रोतले बतायो।

शीर्ष नेताहरूले आग्रह गरेपछि तुम्बाहाङ्फेले बैठक स्थगित गर्न आफू तयार भए पनि पटक-पटक सूचना टाँसेर बैठक रोक्दा राम्रो सन्देश नजाने बताएकी थिइन्।

भेटका क्रममा तुम्बाहाङ्फेले पार्टीले आफूलाई राजीनामा दिन भनी गरेको निर्णयको औपचारिक पत्र पनि मागेकी थिइन्।

भेटमा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहभागी थिए।

 

Comments

comments