US Khabar

राम्री केटी ‘खोसाखोस हुन्छ’ भन्दै मन्जिल र बले प्रिज्मा र प्रिन्सीको पछि लागेपछि.. (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

राम्री केटी ‘खोसाखोस हुन्छ’ भन्दै मन्जिल र बले प्रिज्मा र प्रिन्सीको पछि लागेपछि.. (भिडियो)

पछिल्लो समयका चर्चित मोडल तथा बलाकार मन्जिल बस्नेत, सागर लम्साल बले र टुईन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘हुन्छ खोसाखोस’ बोलको गीत यि कलाकारहरुको अभिनयमा रिजन नेपाल यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

सुनिल विसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको यस गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । डान्सिङ बिटमा रहेको यस गीतमा बैंसालु युवा युवतीहरु बिचको मायाप्रेमको संवाद रहेको छ । राम्री केटी देखेपछि केटाहरुको खोसाखोस नै हुने सन्धर्व रहेको यस गीतको भिडियोलाई राजिव समिरले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

मनोज बस्नेत, सुजन शर्मा र राजेन्द्र अर्याल प्रमोशन सल्लाहाकार रहेको ‘हुन्छ खोसाखोस’को भिडियोलाई राम कुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!