बिबेक चन्द ठकुरी 
काठमाण्डौ, पौष २७ गते, आईतबार

आज पौष २७ गते, एकताका प्रतिक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्ति, सिं हदरबारको मुख्य द्वार अगाडी उभिएको पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण तथा सम्मान स्वरुप राज्यबाट खासै चासो नदेखाईए पनी नेपाली सेनाको आयोजनामा गोरखाबाट पृथ्वीको एकीकरण पद हुदै पैदल काठमाण्डौ, सम्म आईपुगेका गोरखाली नेपाली सेनाको बिशेष टोली र तत्कालीन पृथ्वीनारायण शाहाको फौज भनि चिनीले कालो र सिरमा सेतो पगरी धारी सैनिकहरुको उपस्थितीमा पृथ्वीनारायण शाहलाई ईज्जत अर्पण, माल्यार्पण र सैनिक ब्याण्डको एक टुकुडीले मंगल धुन बजाई सम्मान गरेको थियो ।

करिब १२: ३० मा सेनाद्वारा गरिएको कार्यक्रम सक्कीए लगत्तै नागरीक स्तरबाट बिभिन्न संघ-सस्थाहरुले थरी-थरीका पोषाकमा साजसज्जा सहित माल्यार्पण र सम्मान गर्नुका साथै सांकृतिक झाॅकीहरु र मौलीक बाजा तथा पन्चेबाजाका धुनले गुन्जयमान पारेका थिए । नागरीक स्तरबाट गरीएको सम्मान निकै उत्साहापुर्ण थियो । आजको यस कार्यक्रममा आम सर्बसाधारणको बाक्लो उपस्थिती थियो । केही बिशिष्ट ब्याक्तित्वहरुको पनी उपस्थिती थियो, जस मध्य संकृतीबिद डा. जगमान गुरुङ, पुर्ब सस्त्रप्रहरी प्रमुख डा. ठाकुरमोहन श्रेष्ठ लगायतका ब्याक्तित्व स्वयं उपस्थित भै पृथ्वीनारायण शाहाको शालीकमा माल्यार्पण गरी सम्मान प्रकट गर्नुभएको थियो ।

२०६२/०६३ को जनआन्दोलन पछीको परिबर्तनले तत्कालीन राज सस्थाको अन्त्य गरेको घोषणा त गर्यो तर पनी पृथ्वीको एकता अभियानको बलिदानी पनी बिर्षदै गयो र पौष २७ गते दिने गरीएको राष्ट्रिय बिदा सम्म कटौती गर्यो । यस परिप्रेक्षमा राष्ट्रबादी नागरीकहरु बाट ब्यापक दबाफ भएपनी राज्य सन्चालनको बागडोर सम्हालेकाहरु टसमस भएनन् र पृथ्बी जयन्ति खारेजीमै पर्यो । यद्धपी सरकारले बिदा कटौती गरे पनी र पृथ्वीनारायण शाहाको योगदान प्रती अबमुल्यण गरेपनी राष्ट्रभक्ती नेपालीहरुमा एकताको भाव गणतन्त्र स्थापना पछी झन बलीयो हुदै गएको महसुस आजको उत्साहाजनक कार्यक्रमले प्रष्टै पार्थ्यो ।

राष्ट्र निर्माता प्रतिको मान सम्मान काठ्माण्डौ उपत्यकामा मात्र नभै देशैभर ब्यापक रुपमा मनाईएका समाचारहरु र तस्बिरहरु सामाजिक संजालमा देख्न र हेर्न सकीन्छ । यसै गरी बिदेशमा पनी त्यहाॅका नेपालीहरुका बिभिन्न संघसस्था मिली राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको भब्य सम्मान गरेको देख्न र सुन्न पाईन्छ ।

राष्ट्रले राष्ट्र निर्माता प्रति गरेको यो बिभेद नागरीक स्तर र राष्ट्रबादी नेपाली नागरीकहरुलाई कदापी स्वीकार्य छैन भन्ने आ-आफ्नो धारणा त्यहाॅ उपस्थीत बिभिन्न ब्याक्तीत्वहरुले राखेका थिए । बिभिन्न ब्यानर, पम्प्लेटहरुमा गणतन्त्र खारेज गर ! , एकता दिबस लागु गर । ओली सरकार मुर्दाबाद ! पृथ्वीनारायण शाह जिन्दाबाद जस्ता कुरा लेखीएका र त्यसै अनुरुपका नाराहरु पनी लगाईएको थियो ।

नेपालमा लोकतन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा धेरै-धेरै कुराहरुमा आलोचित बनिरहेको सरकारको ब्यापक बिरोध नागरीक स्तरबाट भएको देखिन्छ । नागरीकहरु अत्यन्तै असन्तुष्ट छन भन्ने कुरा सुने पनी कानमा तेल हाले झै गरेको सरकारलाई आजको यो र्याली र नागरीकहरुबाट गरीएको पृथ्वीनारायण शाहको सम्मान साॅच्चीक्कै आउदा बर्षहरुमा चुनौतिपुर्ण हुने प्रबल सम्भावना देख्छु मैले । बिगतका केही बर्ष देखी लगातार नागरीक स्तरबाट गरीने यस सम्मान कार्यक्रममा नछुटाई उपस्थित हुने क्रममा बर्षै पिच्छे नागरीकहरुमा एकताको भाव बलियो बन्दै गएको र हरेक जातजाती धर्म संकृतीका नेपालीहरु एकै स्थानमा उपस्थीत भैई राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहा प्रती सम्मान र श्रर्दा गर्नेहरुको बढोत्तरी भएको बिष्लेशण गर्दछु ।

हुनत लोकतान्त्रीक गणतन्त्र स्थापना हुनु पहिले बार्षीक रुपमा पृथ्वी जयन्ती मनाईन्थ्यो तत्कालीन राजसस्था हुदा बिदा पनी दिईन्थ्यो तर यति भब्यरुपमा मनाउने गरीएको मलाई हेक्का छैन । हामी मानव जातिको गुण नै हो जे कुरा हाम्रो हातबाट गुम्छ हामीलाई त्यही बढी महत्व लाग्दछ । पृथ्वीजयन्ती जस्तो कुरा गुमेर महत्व वा लागु गरेर यसको महत्व र महिमा नहुने भन्ने होईन तर पनी गणतन्त्र सरकारले खारेज गरेपछी नै नागरीकहरुमा पृथ्वी जयन्तीको महत्व बढ्नुका साथै पृथ्वीनारायण शाहाको योगदानलाई सही रुपमा मुल्यांकन र अझैं गहीरो संग अध्यन, अनुसन्धान र बिष्लेशण गर्ने बानी बस्यो र आजको यो भब्य कार्यक्रमको आयोजना भएको हो । एकता दिबसलाई नागरीक स्तरबाट के जात, के धर्म, के पार्टी, कुन भुगोल, कुन सस्कृती र कुनै भाषा नभनी समग्रह हामी नेपाली एक हौं भन्ने भावनाका साथ भब्य रुपमा मनाउने कार्य आगामी बर्षहरुमा अझैं बढ्दै जाने अनुमान सहजै गर्न सकीन्छ ।

नेपाल सरकारले गरेको पृथ्वीनारायण शाहा प्रतिको बेवास्थाले गर्दा पनी आम नागरीकमा पृथ्वीलाई बुझ्ने, चिन्ने र सम्मान गर्ने परमपरा बन्दै र बस्दै गएको सत्य हो । यस प्रकारका नगरीक स्तरबाट हुने कार्यक्रमलाई हेक्का राखी राज्य स्तरबाट समयमै पौष २७ गतेलाई एकता दिवस पुन घोषणा गरी एक दिन बिदा दिई धुमधामका साथ एकता दिवस मनाउने ब्यवस्था गरेमा अझैं राम्रो हुने र लाखौ-करोडौ असुन्तष्ट राष्ट्रभक्त नेपालीहरुको मागको सम्बोधन हुनेमा कुनै दुई मत छैन । तसर्थ नेपास सरकार तथा सम्बन्धीत निकायले यस तर्फ समयमै ध्यान पुर्याए सुनमा सुगन्ध हुने र गणतान्त्रीक सरकारको गिर्दो साख केही हद माथी उठ्ने पनी मेरो अनुमान छ ।

Comments

comments