गैर अवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको च्याप्टर कोअर्डिनेसन टास्कफोर्सको बैठक सम्पन्न भएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यतामा शनिवार अमेरिकाको च्याप्टर कोअर्डिनेसन टास्कफोर्सको पहिलो कन्फरेन्स कल बैठक सम्पन्न भएको हो ।

समितीका संयोजक सी पी पौडेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा एनआरएन एनसीसी अमेरिकाका महासचिब पशुपती पाण्डे पनी अतिथि बक्ताका रुपमा र मिडिया प्रतिनिधीका रुपमा शरु शर्मा सहभागी रहेका थिए ।

च्याप्टर समन्वय समितीका नव नियुक्त पदाधिकारीहरु, प्रमुख अतिथि र अतिथिहरुको परिचय आदान प्रदानबाट प्रारम्भ भएको बैठकलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष शाहले अमेरिकामा एनआरएन अभियानमा आज सम्मको अनुभवबाट टास्कफोर्सको आबश्यकता महसुस भएको हुनाले यो टास्कफोर्स निर्माण गर्ने निर्णय गरिएको बताउदै टास्कफोर्सका सबै पदाधिकारीहरु एन आर एन अभियानका लामो अनुभव भएका व्यक्तित्वहरु रहेकाले पनि यो समितीबाट आफुले धेरै उपलब्धिको आशा गरेको बताए ।

साथै अध्यक्ष शाहले एनआरएन अमेरिकाको नेटवर्कलाई अमेरिकाको सबै राज्यहरुमा फैलाउने बर्तमान कार्य समितिको निती बमोजिम यो टास्कफोर्सले अभियान चलाउने आशा व्यक्त गर्दै सो कार्यका लागी एन आर एन एन सी सी अमेरिकाको तर्फ बाट टास्कफोर्सलाइ पूर्ण अधिकार प्रत्यायोजन गर्दै सबै किसिमको सहयोग पुर्याउने बचनबद्धता पनि व्यक्त गरेका छन् ।

बैठकलाई सम्वोधन गर्दै एनआरएन एनसीसी अमेरिका महासचिव पशुपती पाण्डेले टास्कफोर्सको आबश्यकता पर्नुका कारणहरु प्रष्ट पार्दै आगामी दिनमा एन आर एन एन सी सी अमेरिकाले यसका च्याप्टरहरु सम्बन्धि सबै निती तथा योजनाहरु बनाउदा यसै टास्कफोर्स मार्फत बनाउने कुरा बताए । साथै सचिव पाण्डेले आफ्नो तर्फबाट सम्पूर्ण किसिमको सहयोगको बचन बद्धता समेत ब्यक्त गरेका छन् ।

त्यस्तै च्याप्टर कोअर्डिनेसन टास्कफोर्सका संयोजक सिपी पौडेलले बैठकमा समितिका सदस्यहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ दिदै एनआरएनए अमेरिकाले आफुहरु माथी गरेको अपेक्षालाई पूर्ण गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । मिडिया प्रतिनिधीका रुपमा सहभागी सरु शर्माले टास्कफोर्सको उद्धेश्य्हरुको प्रसंशा गर्दै उद्धेश्य पूर्तिका लागी आफ्नो पूर्ण सहयोग रहने बचनबद्धता व्यक्त गरेको बैठकमा च्याप्टर को-अर्डिनेसन टास्कफोर्सका सदस्यहरु जगदिस ढकाल (कोलोराडो), द्रोण गौतम (टेक्सास), घनश्याम खड्का (कनेक्टिकट), श्याम श्रेष्ठ (कोलोराडो), गोपाल बसौला (क्यालिफोर्निया) र प्रविन केशी (न्युयोर्क)ले बिभिन्न समसामयिक बिषयहरुको उठान गर्दै एनआरएन एनसी सी अमेरिकाले दिएको जिम्मेवारी आ-आफ्नो स्थान बाट इमान्दारी पुर्बक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

च्याप्टर कोअर्डिनेसन टास्क फोर्सका उप संयोजक सुमन वस्तीले संचालन गरेको सो बैठक शनिबार साँझ ७ बजे देखि ८ बजे सम्म चलेको थियो ।

Comments

comments