टेक्सास – नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को अधिबेशन न्यु योर्कमा हुने भएको छ । आगामी मे महिनाको २ / ३ गते आयोजना हुने नेजाको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपाल बाट अमेरिका र क्यानाडा आएर पत्रकारितामा सक्रियहरुको सस्था नेजाबाट टुक्रिएर इन्जा गठन भएको छ । गत बर्ष गठित इन्जा गुणराज लुइँटेलको नेतृत्वमा सक्रिय रहेको छ ।

को को छन् नेजाको नेतृत्व दौडमा ?

आगामी अधिबेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि नेजाका कार्यबाहक अध्यक्ष बिकाशराज न्यौपाने अध्यक्ष पदमा लड्ने निश्चितप्राय छ । सुदिप पन्तले बिचैमा राजिनामा दिए पछि कार्यबाहक पाएका न्यौपाने एक चोटी अध्यक्ष बन्ने होडमा छन् ।

प्राय राजनीति जोडिने अमेरिकी सस्थाहरुमा नेजा पनि अछुतो छैन । नेपाली कांग्रेस र नेकपाको हैसियत जाँच्ने अधिबेशनका रुपमा पाईने नेजामा राजनीतिमा नखुलेका न्यौपानेको जित त्यति सहज भने छैन ।

नेजाका बर्तमान महासचिब किरण मरहट्टा आगामी नेतृत्वका लागि अर्का आकांछी हुन् । सबै तिर कुरा मिलाउन जानेका चतुर मरहट्टा संग टेलिभिजनमा काम गरेको लामो अनुभब छ ।

अंग्रेजी भाषामा पनि राम्रो दख्खल राख्ने मरहट्टालाइ राजनैतिक रुपमा नेकपाको हुन् भन्ने लागे पनि जन सम्पर्कका प्रभाबशालि नेता हरु संग उनको राम्रो हिमचिम छ । उनको जितका लागी धेरै कुराहरु मिल्नुपर्नेछ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व केन्द्रिय सदस्य तथा प्रचार बिभाग प्रमुख रहेका नेजाका पश्चिम क्षेत्रका संयोजक गोकुलप्रसाद ढकाल पनि नेजाको आगामी नेतृत्वमा आकांक्षी हुन् ।

नेजामा एक्ला कट्टर कांग्रेसी भनेर चिनिने ढकाल जन सम्पर्क समितिमा निर्बाचन पश्चात बनेका प्रचार प्रमुखको हैसियतमा तिनका नेताहरुसंगको सम्बन्ध, एनआरएन नेताहरु संगको मिठो संगत र अमेरिकी सामाजिक संस्थाहरुका सदस्यहरुसंगको राम्रो चिनापरिचयले ढकाल चर्चित छन् ।

लागेका कुरा सपस्ट खुलेआम बताउने ढकाल राजनीति गर्न जानेका व्यक्तिमा पर्छन र नेजाको अध्यक्ष बन्ने दौडमा छन् । जनसम्पर्कको एउटै साझा अध्यक्ष उम्मेदवार बन्ने छाँट नभएकोले ढकालले पनि धेरै कसरत गर्नुपर्नेछ ।

नेजाका बर्तमान कार्यसमिति सदस्य तथा प्रस्ट बक्ता निदेश अधिकारी पनि नेजाको अध्यक्ष बनिहाल्ने कि भन्ने सोचमा छन् । सफल व्यवसायी अधिकारी नेजामा सक्रिय वर्तमान धेरै सदस्यहरुका पपुलर सहपाठी हुन् ।

अधिकारी आफै नेजाको अध्यक्ष बन्ने भन्दा पनि मझधारको बाटोबाट यी मध्यमार्गीलाइ अध्यक्ष बनाए नेजा सहि बाटोमा जाने सोचले पुर्ब अध्यक्षहरु उनलाई मैदानमा देख्न चाहन्छन ।

त्यस्तै नेजाका पूर्व क्षेत्रिय संयोजक बिष्णुहरि घिमिरे पनि नेजाको अध्यक्ष पदका लागि चुनाब लड्ने हल्ला छ । बर्तमान कार्यसमितिमा शुन्य रहेको यो समुह अहिले आफ्नो छुट्टै समुह बनाएर नेजाको चुनाब लड्ने तयारीमा छ । जनसम्पर्क समितिको एउटा समूहबाट  बन्ने ढकाल-अधिकारी समुहसंग जन सम्पर्क समितिको अर्को समुह बाट बन्ने यिनको समूहको बीच  प्रतिस्पर्धा हुने देखिन्छ ।

Comments

comments