काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा

62

काठमाडौं । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ ।

दाउदले काठमाडौंबाट भारतमा नक्कली नोट पठाउने गरेको उनकै समूहका एजाज लकडावालाले मुम्बई प्रहरीसँगको बयानका क्रममा खुलासा गरेका हुन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासका अधिकारीहरूका माध्यमबाट दाउदले आफ्नो धन्दा चलाउने गरेको भारतीय अखबार दैनिक जागरणले दाबी गरेको छ ।

दाउदको समूहका सदस्य लकडावालालाई जनवरी ८ मा बिहारको राजधानी पटनाबाट गिरफ्तार गरिएको थियो ।

उनले मोस्ट वान्टेड दाउद इब्राहिमका पाकिस्तानको कराचीमा रहेका दुई घरको ठेगाना पनि भारतीय प्रहरीलाई दिएका छन् । भारतीय सुरक्षा अधिकारीहरूले लकडावालाको गिरफ्तारीलाई अत्यन्तै ठूलो उपलब्धि भनेका छन् ।

लकडावालाले प्रहरीसमक्ष दाउदको थाइल्यान्ड र बंगलादेशमा पनि राम्रो पकड रहेको र ती दुई देशबाट भारत, युरोप र अन्य मुलुकमा लागुपदार्थ पठाउने गरेको बयान दिएका छन् ।

Comments

comments