US Khabar

रामकृष्ण ढकाल र मेलीना राईको आवाजमा गीतकार शर्माको ‘मुटुभरी देश’ सार्वजनिक (भिडियो)

- Admin | २ वर्ष पहिले प्रकाशित

रामकृष्ण ढकाल र मेलीना राईको आवाजमा गीतकार शर्माको ‘मुटुभरी देश’ सार्वजनिक (भिडियो)

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा देशभक्ती गीत सार्वजनिक भएको छ । महेश्वर शर्माको शब्द र आनन्द राजको संगीत रहेको मुटुभरी देश बोकी बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

महाराज थापाको संगीत संयोजन रहेको यस गीतमा गायक ढकाल र गायिका मेलिना नेपाली राष्ट्रिय तथा मौलिक भेषभुषामा प्रस्तुत भएका छन् । नेपाली बिचको आपसी सहिष्णुता र एकताको भाव बोकेको यस गीतमा सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।

देवेन्द्र पाण्डेको कोरियोग्राफी र युवराज वईवाको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपेन्द्र भट्टले छायांकन र विकाश दाहालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!