US Khabar

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र सुरक्षा निकायका प्रमुखको बैठकबाट उपत्यकाका ३ वटै जिल्लाहरुमा भदौ १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस निर्णय अनुरुप उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको गृहमन्त्रालयमा सिफारिस पठाएको छ। सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।  आज थप ७ जनाको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार कोरोनाका कारण आज मृत्यु हुनेहरुमा काठमाडौका ३ जना तथा सिराहा, पर्सा, धनुषा र रूपन्देहीका १–१ जना रहेका छन् । मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष रहेका छन् ।

आज काठमाडौ उपत्यकामा २ सय ३२ जना सहित थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालमा हाल सम्म ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!