US Khabar

कारागारमा बढ्दै गएको कोरोना संक्रमणप्रति मानव अधिकार आयोगको चिन्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

कारागारमा बढ्दै गएको कोरोना संक्रमणप्रति मानव अधिकार आयोगको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगले कारागारमा फैलदै गएको कोभिड १९ प्रति चिन्ता ब्यक्त गरेको छ । आयोगले प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको केन्द्रीय कारागार तथा बाँके, सुनसरी, सिराहा, पर्सालगायतका कारागारहरुमा रहेका कैदी–बन्दी तथा कारागारको सुुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरेको हो ।

आयोगले कारागारमा कोरोना संक्रमण बढ्दै जाँदा उत्पन्न त्रासको अवस्थाप्रति ध्यानाकर्षण भएको बताउँदै क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारहरुमा कोभिड–१९ को संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार यस सम्बन्धमा आयोगले आज कारागार व्यवस्थापन विभागसँग जानकारी लिएको छ । देशका ७१ वटा कारागारहरुमा हाल २१ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् ।

देशका अधिकांश कारागारहरुमा क्षमताभन्दा अधिक संख्यामा विगत लामो समयदेखि कैदी–बन्दीहरु रहेको आयोगको यस अघिको अनुगमनहरुबाट पाइएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै कारागारहरुमा अत्यधिक संख्यामा रहेका कैदी–बन्दीहरुले असुरक्षित महसुस गरी स्वास्थ्य सुरक्षा र जीवन रक्षाको लागि आयोग समक्ष अनुरोध गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुमा समेत त्रास सिर्जना भएको पाइएको छ । बिरामी भएका कैदी–बन्दीलाई उपचार गर्न लैजाँदा तथा कारागारभित्र नयाँ कैदी–बन्दी भित्रिँदा समेत कोरोनाको जोखिम उच्च रहने देखिन्छ ।
ृृ
यस अवस्थालाई ्धयानमा राखी आयोगले नयाँ कैदी–बन्दीको पीसीआर परीक्षण गरिए पनि पछि पनि संक्रमण हुन सक्ने संभावना रहेकोले कारागारमा पठाइने नयाँ कैदी–बन्दीलाई निश्चित अवधिका लागि अन्य कैदी–बन्दीहरुबाट छुट्टै राख्ने व्यवस्था गरी कारागारभित्र रहेका कैदी–बन्दीहरुको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकार संरक्षण गर्न, गराउन पनि आयोग नेपाल सरकारलाई आग्रह
गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!