US Khabar

लक डाउनमा एनसेलको ‘रिफर एण्ड अर्न’ अफर

- Admin | २ वर्ष पहिले प्रकाशित

लक डाउनमा एनसेलको ‘रिफर एण्ड अर्न’ अफर

भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने कम्पनीले  विज्ञप्ति मार्फत जनाएको छ ।

नगदरहित समाजनिर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत ई सेवाले हरेक व्यक्तिलाई डिजिटल अभियानकर्मी बनाउन यो अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत ई सेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथीभाई तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई सेवा चलाउन सिकाउन सकिनेछ ।

ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बताउनुभयो । ई सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्कभुक्तानी गर्न सकिन्छ ।

ई सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट ई सेवामा सहजै रकमजम्मा गर्न तथा ई सेवाबाट बैङ्क खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ । (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!