US Khabar

एक पछि अर्को हिट गीत दिंदै गायक सरोज वली: पल र पुजाको अभिनयमा ‘पहिलो पल्ट’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

एक पछि अर्को हिट गीत दिंदै गायक सरोज वली: पल र पुजाको अभिनयमा ‘पहिलो पल्ट’ सार्वजनिक

गायक सरोज वलीको नयाँ गीत सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीतमा रहेको गायक सरोजको पहिलो पल्ट बोलको गीत गायिका रचना रिमालसंगको युगल आवाजमा गज्जव टिभिको यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

रिकेश गुरुङको संगीत संयोजन रहेको यस गीतमा पहिलो प्रेमले जन्माएको खुसी, बाचा र जीवनभर संगै हुने प्रतिज्ञाको भाव अभिब्यक्त रहेको छ । लामो समयदेखी मन मन पराईरहेको मान्छेलाई प्राप्त गर्दाको खुसी र कसममाथीको संवाद रहेको गीतको भिडियोमा चर्चित नायक पल शाह र नायिका पुजा शर्माको अभिनय रहेको छ ।

लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन तथा अमन मानन्धरको सम्पादन रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को हिट गीत दिंदै आएका गायक सरोज वलीका यस अघि सार्वजनिक ‘मायाँ गरौंला’, ‘य है माया तिमी कहाँको’, ‘अर्को जुनी खै कुन्नी’, ‘कमेरोले पोते’को लगायतका गीत यतिबेला लाखौं र करडौं स्रोता दर्शकको मन जित्दै टिकटक देखी सामाजिक संजालमा चर्चामा रहेका छन् । नेपाली सिने क्षेत्रमा चर्चिक कलाकारका साथमा म्युजिक भिडियो सहित बजारमा आईरहेका गायक सरोजका प्राय गीतमा नायक पल शाह दोहोरिएका छन् ।

सरोजका गीतहरु प्राय सबै नै ‘गज्जव टिभि’ युटुव च्यानल मार्फत सार्वजनिक भै रहेका छन् । गज्जव टिभी त्यो युटुव च्यानल हो जसमा माथि उल्लेखीत गीतहरु बाहेक मायालु तिमी कता छौ, माछिले खाने लेउ, ए काली, म राजकुमार, मलाई आमाले दिएको, मेरी पुतली लगायतका गीतसंगै तिज गीतहरुपछि सार्वजनिक छन्, जसमा पल शाह, प्रियंका कार्की, स्वस्तीमा खड्का, सागर सल्साल ‘बले’, आयुष्मान देसराज कार्टुन क््रयुका सरोज\आस्मा लगायतका चर्चित कलाकारहरुले अभिनय गर्दै आएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!