अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शनमा २ जना प्रदर्शनकारीको ज्यान गएको छ । केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेकै बेला प्रहरीले धरपकड गरेसँगै प्रदर्शनकारी र सेनाबीच झडप हुँदा प्रदर्शनकारीहरुको मृत्यु भएको हो ।
अमेरिकाको केनोसामा प्रदर्शनकारीहरुले ठाउँ ठाउँका सरकारी सम्पतिमा आगजनी गर्नुका साथै पसलहरुमा लुटपाट गरेको भन्दै सरकारले थप सेना परिचालन गरिएको छ ।
शान्तिपूर्ण आन्दोलन दवाउन सेना परिचालन गरेको भन्दै प्रदर्शकारीले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । विस्कन्सिन राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा उनका ३ बच्चाहरुको सामुन्ने सार्वजनिक स्थलमा नै उनिमाथी ७ राउण्ड गोली प्रहार गरेको थियो । ब्लेक हाल अस्पतालमा रहेको र उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
४ महिना अघि प्रहरीले मारेका जर्ज फ्लोइड हत्याको झल्को दिने यस घटनामा कारमा बस्दै गरेका उनिमाथी प्रहरीले लगातार ७ रायण्ड गोली प्रहार गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भै रहेको छ । प्रहरीले हानेको गोली उनको ढाडमा लागेको थियो ।
सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ । जुन गाडी भित्र उनका ३ जना बच्चाहरु रहेका थिए भने उनलाई गोली नहान्नका लागि अनुरोध गरिरहेकी युवतीको अनुनय पनि ह्रदय विदारक देखिन्छ ।
प्रहरीको ज्यादती सार्वजनिक हुनेबित्तिकै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् ।उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् भने सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका थिए ।
यस अघि गत मे मा प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन अझै पनि रोक्एिको छैन । अश्वत नागरिक माथीको क्रुर आक्रमणका रुपमा रहेको सो घटना जस्तै यसमा पनि प्रहरीले अश्वेत युवकमाथी सोही शैलीको कारवाही गरेको छ ।
३
प्रतिक्रिया