US Khabar

कोरोनाको जोखिम बढ्न थालेपछि दाङमा लकडाउनको तयारी

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाको जोखिम बढ्न थालेपछि दाङमा लकडाउनको तयारी

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि दाङमा लकडाउनको तयारी गरिएको छ । अहिलेसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको दाङमा जिल्लाबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी लकडाउनको तयारी गरिएको हो ।

जिल्ला स्तरीय संकट व्यवस्थापन समितिले संक्रमित संख्या बढ्दै गएपछि संक्रमण फैलन नदिनका लागि लकडाउन गर्नुपर्ने आवश्यकता महशुष भएको बताएको छ । समितीको आउँदो शनिवार बस्ने बैठकले लकडाउन गर्ने नगर्नेबारे निर्णय गर्ने बताएको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार शुक्रबार सम्म आउने रिपोर्टका आधारलाई ध्यानमा राखी निर्णय सार्वजनिक गरिने छ । तर पछिल्लो नतिजा हेरेर समितीले लकडाउनको तयारी गरेकाले दाङमा लकडाउन हुने सम्भावना बढि रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!