US Khabar

नेपालमा आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु – मृतकको संख्या १९५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु – मृतकको संख्या १९५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको हो ।

मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९२७ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!