US Khabar

रक्षा र गृह मन्त्री आइसोलेसनमा बस्नुपर्ने भएपछि नेकपाको सचिवालय बैठक स्थगित

- Admin | २ वर्ष पहिले प्रकाशित

रक्षा र गृह मन्त्री आइसोलेसनमा बस्नुपर्ने भएपछि नेकपाको सचिवालय बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएपछि नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

भोलि (शनिबार) बस्ने भनेको यो बैठक अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज भएको छलफल पछि स्थगित गरिएको हो ।
पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको बैठक रक्षा र गृह मन्त्रीको होम आइसोलेसनका कारण स्थगन भएसंगै सो प्रतिवेदन भदौ १८ गते छलफल गर्ने बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!