US Khabar

नेपाल आईडलमा पहिलो नारी बिजेता: मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आईडल

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाल आईडलमा पहिलो नारी बिजेता: मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आईडल

‘नेपाल आइडल सिजन ३’ की विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । आज भएको ग्राण्ड फिनालेमा आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै सज्जा नेपाल आईडल बनेकी हुन् ।

नेपाल आईडलका अघिल्ला दुई सिजनमा पुरुष प्रतिस्पर्धी बिजयी रहेको नेपाल आईडलमा यो पटक सज्जाले बिजय हात पारेसंगै उनि नेपाल आईडलको पहिलो नारी बिजेता समेत बनेकी छन् । उनिसंगै अन्तिम प्रतिष्पर्धामा रहेका प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल सेकेण्ड रनरअप घोषित भएका छन् ।

अन्य बर्षहरुमा भव्यताका साथ सम्पन्न हुँदै आएको नेपाल आईडल यो बर्ष भने कोभिड १९ का कारण केही खल्लो बनेको थियो । केही महिना रोकेर पुन नेपाल आईडल टिमहरुमात्र रहेर पुन सुरु गरिएको नेपाल आईडल टिमका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण बिजेताको नाम समेत बिना कार्यक्रम घोषणा गर्नुपरेको थियो । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

मोरङ घर भै हाल काठमाडौंमा बस्दै आएकी सज्जा २२ बर्ष भईन् । बुवा आमा र भाई र आफु रहेको सज्जाको परिवारमा उनकी आमा लामो समयदेखी बैदेशिक रोजगारीका शिलशिलामा साईप्रसमा छिन् भने बुवा गाउँमा नै रहका छन् । कक्षा १० पढ्दाबाट गाउन थालेकी सज्जा द लोडिङ नामको ब्याण्डसंग आवद्ध रहेर बिगत ४ बर्षदेखी बिभिन्न रेष्टुरेण्ट तथा कार्यक्रमहरुमा गाउँदै आएकी गायिका हुन् । नेपाल आईडल बिजेता सज्जाले ५० लाख पुरस्कार जीतेकी छिन् । सज्जाले ‘मलाई माया गर्ने तिमी नै हौ’ बोलको गीत गाएर नेपाल आईडलको यात्रा तय गरेकी थिईन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!