US Khabar

तालमा डुवेर ज्यान गुमाएका टेक्ससका हिकारु गौतम र त्रिशरण खत्रीको सम्झनामा रक्तदान कार्यक्रम हुँदै

- Admin | ३ वर्ष पहिले प्रकाशित

तालमा डुवेर ज्यान गुमाएका टेक्ससका हिकारु गौतम र त्रिशरण खत्रीको सम्झनामा रक्तदान कार्यक्रम हुँदै

टेक्सास,डालस गुर्खास फुटबल क्लब ,ब्लड डोनर्स अफ अमेरिका (बि. डी. ए.) तथा कार्टर ब्लड क्यरले क्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । गत असार २७ गते मृत्यु भएका टेक्ससका २ किशोर हिकारु गौतम तथा त्रिशरण खत्रीको ४५औँ पुण्यतिथीको अवसर पारेर (बि. डी. ए.),टेक्सास,डालस गुर्खास फुटबल क्लब तथा कार्टर ब्लड क्यरको संयुक्त आयोजनामा भोली अगस्त ३० का दिन केलरको कार्टर ब्लड क्यर सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

रक्तदान ब्यक्तीगत स्वास्थ्य र दोस्रो ब्यक्तीको जीवन रक्षाका लागि पनि निकै महत्वपूर्ण भएको बताउँदै कोरोना आतंकको समय आयोजना हुन लागेको यस कार्यक्रममा उपस्थित रक्त दाताहरुको निसुल्क प्राथमिक स्तरको स्वास्थ परिक्षणको अवसर समेत बन्ने भएकाले कार्यक्रममा सहभागी हुन आयोजक संस्थाहरुले उपस्थितीका लागि नेपाली समुदायलाई आग्रह पनि गरेका छन् ।

गत असार २७ गते १९ बर्षिय नेपाली किशोर हिकारु गौतम र सोहि उमेरका नेपाली भाषि भुटानी त्रिशरण खत्रीको पास्सम किङडम लेक (ताल)मा डुवेर मृत्यु भएको थियो । उनिहरुको सम्झनामा रक्तदान कार्यक्रम गर्नुको कारण यो पनि रहेको छ कि मृतक त्रिशरण  डल्लास गुर्खाज एफ सीमा फुटबल खेलाडीका रुपमा आवद्ध थिए । त्यसैले पनि यो समुहले त्रिशरणको मृत्युमा गहिरो दुख ब्यक्त गर्नुका साथै उनको नाममा गो फण्ड सहेत संचालन गरेको थियो । सो समय पनि डल्लास गुर्खाज एफ सीले हँसिलो र आत्मिय स्वभावका त्रिशरण आफ्ना लक्ष्यहरूप्रति अत्यन्त समर्पित, आशावादी, मेहनती र ऊर्जाले भरिएका थिए जसलाई डल्लास गुर्खाज एफ सीले आफ्नो समुदायको उदाउँदो ताराका रुपमा हेरेको बताएको थियो ।

फोर्टवर्थ केलर निवासी हिकारु र त्रीशरणसंगै एक भियतनामी किशोर माछा मार्ने भनेर पास्सम किङडम लेक ९ताल०मा गएका थिए । बिभिन्न जातका माछाका लागि प्रख्यात मानिने यो तालमा माछा मार्ने क्रममा मोवाईल पानीमा खसेपनि मोवाईल खोज्न उनिहरु तालमा पसेका थिए । जस मध्य भियतनामी किशोर पौडी खेलेर बाहिर आउन सफल भए भने हिकारु र त्रिशरण तालमै बेपत्ता भएका थिए । उनिहरु तालमा डुबेर हराएको खबर पाए लगत्तै परिवार र नेपाली तथा भुटानी समुदायका अगुवाहरु उनिहरुको खोजिमा जुटेपनि उनिहरुले फेला पार्न नसकेपछि सुचनाका आधारमा अस्टिनबाट गेम वार्डन क्रुजको टिम अक्सिजन सहित खोजि कार्यमा जुटेको थियो । किशोरहरु जीवीत फेला पर्न सके बचाउनका लागि अक्सिजन सहित निरन्तर प्रयास गरेका उनिहरुले अन्तत दुई नेपाली किशोरको शव फेला पारे ।जसमध्य त्रिशरणको शव असार २७ गते शनिवार फेला परेको थियो भने हिकारुको शव असार २८ गते आईतबार फेला परेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!