US Khabar

डाक्टर सहित अस्पतालका ९ जनामा कोरोना संक्रमण देखिएपछि राप्ती प्रादेशिक अस्पताल शिल

- Admin | ३ वर्ष पहिले प्रकाशित

डाक्टर सहित अस्पतालका ९ जनामा कोरोना संक्रमण देखिएपछि राप्ती प्रादेशिक अस्पताल शिल

दाङ स्थित राप्ती प्रादेशिक अस्पताल शिल गरिएको छ । अस्पतालका २ डाक्टर सहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि शनिबार साँझबाट अस्पताल शिल गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा राप्ती प्रादेशिक अस्पतालका २ जना डाक्टर, २ जना नर्स, ३ जना अन्य स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको हो । उपचारमा खटिरहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै शनिबार दिउँसो बसेको  अस्पताल व्यवस्थापन समिति बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा पूर्ण रुपमा बन्द गर्दै अस्पताल परिसर समेत शिल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!