बाग्लुङ बाढि पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति १२ आएको बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
ढोरपाटन नगरपालका(९ को लाँकुरीबोटमा १५ घर, दुनेपँधेरामा पाँच घर, घट्टबोटमा आठ घर र सुप्राङ दुई घर, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बगाएको यस बाढि पहिरोमा परेका १३ जनाको शव फेला परेको छ भने ३६ जनाभन्दा बढी बेपत्ता रहेका छन् ।
रातको समयमा सबै सुतिरहेका समय आएको बाढी पहिरोले बाढीले सडकछेउमा पार्किङमा राखेको जीप, दुईओटा विद्युत्गृह, एउटा झोलुंलेपुल, दुईओटा विद्यालय भवन समेत बगाएको छ ।
घटना स्थलमा प्रहरी र स्थानियले पहिरो पन्छाउनुका साथै संबन्धीत क्षेत्रमा बेपत्ताहरुको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया