US Khabar

नेपालमा आज थप ६ जनाको मृत्यु- मृतकको संख्या १५७ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

नेपालमा आज थप ६ जनाको मृत्यु- मृतकको संख्या १५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १५७ पुगेको हो ।

तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३९४ महिला र ८३४ पुरुष छन् । यो संगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

उपत्यकामा आज ४४५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्य काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!