US Khabar
  • युनाइटेड नेपाली एसोसिएसनमा नयाँ कार्य समिती

    - Admin | २ महिना पहिले प्रकाशित

    युनाइटेड नेपाली एसोसिएसनमा नयाँ कार्य समिती

    डालस, टेक्सास १७ । अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले आफ्नो नयाँ कार्य समिती बिस्तार गरेको छ ।

    गत अगस्ट ३० तारिकका दिन भक्त बहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिती बिस्तार गरिएको हो । उक्त कार्यसमितीको कार्यकाल २०२० र २०२१ सम्मका लागि रहने बताइएको छ ।

    महासचिव कमल कठायतद्धारा संचालन गरी शुरु भएको कार्यक्रममा महासचिव कठायतले आमन्त्रित सबैलाई स्वागत गर्नु भएको थियो । त्यस्तै कोषाध्यक्ष अमित शर्माले संस्थालाई पारदर्शिक र आर्थिकरुपमा सबल र सक्षमबनाउन हरसम्भव प्रयास गर्ने बचनबद्धता जनाउनु भयो ।

    नयाँ बिस्तारित पदाधिकारीहरु अध्यक्ष भक्त बहादुर भण्डारी,महासचिव कमल कठायत,बरिष्ठ उपाध्यक्ष पवन योंजन,उपाध्यक्ष राजेन्द्र राज केस सेन्चुरी,सचिव ईन्द्र थापा,रिजनल भिपी ईस्ट रमेश भट्ट, कोषाध्यक्ष अमित शर्मा,शिक्षा प्रमुख अनुप राज घिमिरे,संचार प्रमुख बिजय थापा,खेलकुद प्रमुख चन्द्र लामा, प्रमुख संयोजक धिरेन गुरुङ,युवा प्रमुख क्रिस्टिना त्रिपाठी,संस्कृति प्रमुख श्रीजन ताम्राकार,महिला प्रमुख सुनिता खत्री आईटी प्रमुख तेज टिएल रहनु भएको छ ।

    कोभिड -१९ का कारण एकै ठाउँँमा भेला हुन नसके पनि भर्चुवल माध्यामबाट अध्यक्ष भण्डारीले सम्पूर्ण पदाधिकारीहरुलाई गोपनियताको सपथ गराउनु भएको थियो । निबर्तमान अध्यक्ष बि एन पन्त ले नयाँ कार्य समितिलाई बधाई तथा सबैलाई साथ र सहयोग दिने बचनबद्धता ब्यक्त गर्नु भयो ।

    संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका बर्तमान अध्यक्ष पासाङ लामाले ” हामीले सपना देख्नु राम्रो हो,त्यही सपना देखेर यो संस्थाको मुलधारमा जान सक्ने र साकार पार्न सकिन्छ भन्ने उदेश्यका साथ यो संस्थाको स्थापना भएको हो । संस्थालाई मेरो पूर्ण साथ र सहयोग रहने छ ।” भन्नु भयो ।

    बरिष्ठ उपाध्यक्ष पवन योंजनले सम्पूर्ण पढाधिकारीहरुलाई स्वागत तथा बधाई दिंदै एक साथ मिलेर जान आवहान गर्नु भयो । संस्थापक सदस्य भरत अर्यालले “स्थापनाकाल देखिनै आफु पनि सकृयरुपमा काम गर्दै आईरहेको र संस्थाले आजको दिन सम्म आई पुग्दा सम्म सफलता पाएको देख्दा गर्व लागेको छ ।” भोलिका दिनमा पनि आफुले गर्ने सक्ने कामका लागि कहिल्यै पछी नहट्ने बचनबद्धता दिनु भयो ।

    बर्तमान अध्यक्ष भक्त बहादुर भण्डारीले सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन ब्यक्त गर्दै “आजको दिनमा हामीहरु जो जहाँबाट आएपनी संस्थाको मुख्य लक्ष्यलाई ध्यानमा राखी निस्वार्थ भावले कार्य गर्न सबैमा आग्रह छ । ” भन्नु भयो ।

    संयुक्त नेपाली संघ, यूएनए ५०१ (सी) (३) को प्रमुख लक्ष्य भनेको संयुक्त राज्य अमेरिका र मातृभूमि नेपालको सेवा र महिमाका लागि यही एक मात्र तरीका रहेको जनाइएको छ । महत्वाकांक्षी नेत्रुत्वदायी भूमिका, उद्यमी, कलाकार, खेलकुद र विचार उन्मुख नेताहरूलाई एकै प्लेटफर्ममा मार्गनिर्देश, तालिम र नेटवर्कमा ल्याउने लक्ष्य हो । साथै नेपाली अमेरिकीलाई अमेरिकी मुख्य धारमा एकीकृत गर्न सहयोग गर्नु हो ।

    अमेरिकामा रहेका बालबालिका तथा युवाहरुको मनोबिज्ञान,चाहना र रुचीलाई ध्यानमा राखी उनिहरुको हित हुने कार्य गर्ने पुरानो संस्था रहेको बताइएको छ । कार्यक्रम जुम बैठकबाट सम्पन्न भएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">