US Khabar

मछिन्द्रनाथ रथयात्रा झडपले ललितपुरमा बिहान ४ बजेदेखी राती १० बजेसम्म कर्फ्यू आदेश जारी

- Admin | ३ वर्ष पहिले प्रकाशित

मछिन्द्रनाथ रथयात्रा झडपले ललितपुरमा बिहान ४ बजेदेखी राती १० बजेसम्म कर्फ्यू आदेश जारी

बिहाबार रातो मछिन्द्रनाथको रथयात्राका क्रमम प्रहरी र स्थानिय बिच झडप भएपछि ललितपुरमा बिहान ४ बजेदेखी राती राती १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । हिजो पुल्चोकमा भएको झडपले उग्ररुप लिएपछि ललितपुरका आज दिनभर कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जात्राका कारण कोरोना संक्रमणको जोखिम बढेको र धार्मिक सहिष्णुतामाथि आँच पुगेको भन्दै महानगरपालिकाले रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्यूको समयमा भेला, जुलुश लगायतका गतिबिधी गर्न नपाईने उल्लेख छ । संस्कृतिमाथी हस्तक्षेत्र गर्न नपाईने भन्दै सरकारले जारी गरेको निषेधाज्ञा अभज्ञा गर्दै बिहिबार बिहान ११ बजे रातो मछिन्द्रनाथको रथ यात्रा पुल्चोक सम्म ल्याईएको थियो । प्रहरीले भिडभाड गर्न नपाईने भन्दै रथयात्रा रोख्न खोजेपछि स्थानिय र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीको बाईनमा आगजनी गर्नुका साथै ढुंगामुडा प्रहार र ट्राफिक प्रहरीमाथी निर्घात कुटपिट भएको थियो भने प्रहरीले स्थिती नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको थियो ।

यस घटनाको भिडियो सार्वजनिक भएपछि धेरैले प्रहरीमाथीको कुटपिटको बिरोध गरेका छन् भने नेवार समुदायले संस्कृती माथीको हस्तक्षेप भन्दै सरकारको आलोचना गरिररहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!