कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भाद्र ११ गते कोरोना पुष्टी भएकी चितवन मेडिकल कलेजमा उपचाररत महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
हेटौडा उपमहानगरपालिका ११ की ५२ वर्षीया ति महिलाको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको कोरोना पुष्टी भएपछि थप उपचार भै रहेको थियो ।
यो सहित चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
प्रतिक्रिया