US Khabar

‘तेरी स्वास्नी भेट्न जान लाको’ भनेपछि २६ बर्षिय युवकले हत्या गरेर टाउको बोकेर प्रहरी कार्यलय पुगे

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘तेरी स्वास्नी भेट्न जान लाको’ भनेपछि २६ बर्षिय युवकले हत्या गरेर टाउको बोकेर प्रहरी कार्यलय पुगे

गएराती धादिङमा एउटा अनौठो घटना घट्यो । २६ बर्षका एक युवकले सामान्य बिवादमा ६५ बर्षिय बृद्धको हत्या गरेर । धारीलो हतियार खुर्पाले बृद्धको टाउको काटे र काटिएको टाउको र खुर्वा बोकेर उनि प्रहरी कार्यलय पुगे र आफुले मान्छे काटेर आएको बताए ।

घटना धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतको हो । २६ बर्षका राजु परियारले स्थानिय ६५ वर्षिय सोमबहादुर गुरुङको हत्या गरे । त्यो पनि सामान्य बिबादमा । निमार्ण कार्यमा मिस्त्रीको काम गर्ने राजु बिहिबार दिनभरी काम गरेर साँझ घर फर्कर्दै गर्दा उनले बाटोमा सोमबहादुरलाई भेटे । सोमबहादुर मदिरा पिएर बसिरहेका थिए । यति राती कता हिँडेको भनेर राजुले सोधेको प्रश्नमा रक्सी लागेका सोमबहादुरले तेरी स्वास्न भेट्न जान लाको भनेपछि बिबाद सुरु भएको थियो । राजुले सुरुमा सम्झाउने शैलीमा यस्ता नचाहिने कुरा नगर भन्दै थिए, नसाको तालमा सोमबहादुरले राजुलाई दुई थप्पड लगाएपछि राजुले पनि रिसले आँखा देखेनन् । रिसको आवेग रोक्न नसकेर घर गएर झोलामा खुर्पा हालेर उनि सोमबहादुर भएको ठाउँमा फेरी आए र उनिमाथी खुर्पा प्रहार गरेर टाउको नै छिनाए ।

सामान्यतया अपराध गरेपछि अपराधी भाग्ने र लास छुपाउने तिर लागेको भेटिन्छ तर राजुले सोमबहादुरको छिनेको टाउको खुर्पा राखेर ल्याएको झोलामा हाले र बाँकी शरिर त्यहीँ छोडेर जिल्ला प्रहरी कार्यलय धादिङ आए । उनि प्रहरी कार्यलय पुग्दा रातीको ११ बजेको थियो । उनले प्रहरीलाई झोलामा रहेको सोमबहादुरको टाउको र हत्या गरेको खुर्पा देखाएर मैले मान्छे काटें भनेपछि प्रहरी नै छक्क पर्यो । घटनाको बेलिबिस्तार लाउँदै उनले मलाई कारबाही गर्नुस भनेर आत्मा समपर्ण गरेपछि घटना बाहिरिएको थियो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनको बयानको आधारमा प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङ लगेको छ भने अभियुक्तलाई ज्यान मुद्धा चलाउने तयारी भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!