US Khabar

नाजिर र स्वस्तिमाको अभिनयमा राज खम्बु, मिस्टर RJ र सुजाता बर्माको ‘मुना’ गीत सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

नाजिर र स्वस्तिमाको अभिनयमा राज खम्बु, मिस्टर RJ र सुजाता बर्माको ‘मुना’ गीत सार्वजनिक

गायक राज खम्बु र गायिका सुजता बर्माको स्वरमा रहेको ‘मुना’ गीत सार्वजनिक भएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द रहेको यो गीत राज, सुजता र मिस्टर आरजे स्वयंको आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

मोहित मुनालको संगीत संयोजन रहेको गीतमा माया प्रेम र बाचा कसमका भाव अभिब्यक्त रहेको छ । अन्शु राई निर्माता रहेको मुना गीतको भिडियोमा चर्चित अभिनेता नाजिर हुसेन, अभिनेत्री स्पस्तिमा खड्का र रियाशा दाहालको अभिनय रहेको छ ।

सान थापाको निर्देशनमा निर्माण भएको भिडियोमा राजिव शाहले कोरियोग्राफी रहेको छ भने भने छायांकन अर्जुन तिवारी टिमको रहेको छ ।

राज खम्बु –

हाल अमेरिकामा रहँदै आएका गायक राज खम्बुका यस अघि कर्कले पात, यहि त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक छन् । अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार राज खम्बु सामजिक कार्यमा पनि सक्रिय रहँदै आएका संगीतकर्मी हुन् । अल्पआयुमा नै श्रीमती अन्शु राईको निधन भएपछि राज खम्बुले आफ्ना गीतहरु उनैको सम्झनामा समपर्ण गर्दै आएका छन् । मुना गीतमा निर्माताको स्थानमा उनले आफ्नी श्रीमती अन्शुको नाम राखेका छन् । उनका अनुसार उनको मनमा अझै पनि अन्शु जीवित रहेकाले उनले स्वर्गिय शब्द प्रयोग नगरी उनको नाम मात्र राखेका छन् ।

मिस्टर आर जे –

नेपाली सांगीतिक क्षेत्रमा केही बर्ष यता निरन्तर लोकप्रियताको सिखरमा रहेका संगीतकर्मी हुन् । गीतकारका रुपमा राजेन्द्र भट्ट नामले चिनिने उनि र्याप, संगीत र गायनमा मिस्टर आरजेका रुपमा परिचित छन् । यति यति पानी, पिचरोड, घाममा सुकाईदेउ भुन्टी, नौंटंकी माया लगायतका सयौं गीतमा आवाज, अभिनय र शब्द रचना गरेका उनि नेपाली संगीत क्षेत्रमा र्यापलाई नयाँ प्रयोगका साथ स्थापित गर्न सफल संगीतकर्मी हुन् । जसले र्यापमा नेपाली मौलिकताको प्रयोग गरेपछि र्यापप्रति हेरिदैं आएको पुरानो नजर नै परिवर्तन भएको छ जसका कारण बालक देखी बृद्ध सम्म उनका गीतहरुका प्रशंसक रहेका छन् । केही दिन पहिले सार्वजनिक उनको भुरभुर पुतली गीत यतिबेला टिकटक र सामाजिक संजालमा प्रसंसा बटुलिरहेको गीत हो ।

सुजाता बर्मा –

सम्बन्ध, तिम्रै याद, सुनकेशरी, चोरी लगेछ लगायतका कर्णप्रिय गीतहरुकी गायिका सुजाता शर्माको हिलो लाग्ला नाईलनको साडीमा गीत बहुचर्चित गीत हो । ११ बर्षको उमेरमा नै गीति एल्वम निकालेकी सुजाता ६ बर्षको उमेरबाट नै शास्त्रिय संगीतको औपचारिक प्रशिक्षण सुरु गरेकी गायिका हुन् । बुवा संगीत गुरु र दाई राम्रा तवला बाधक भएकाले सांगीतिक पृष्ठभुमीबाट आएकी यि गायिकाले भारतिय दुतावासको छात्रबृत्तिमा परेर कलकत्तामा शास्त्रिय संगीतमा स्नातकोत्तर गरेर फर्किएकी गायिका भएकाले उनमा अन्य गायिकाको भन्दा सांगीतिक ज्ञान र आवाजमा भिन्न मिठास पाईन्छ । कलेजकी संगीत प्राध्यापिकाका रुपमा समेत कार्यरत सुजता धेरै शास्त्रिय संगीतका लाईभ कार्यक्रममा सहभागी रहँदै आएकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!