US Khabar

सनुप पौडेलको आवाजमा डा. ध्रुब श्रेष्ठको ‘तिम्रो आँखामा’: बास्तविक जीवन झल्कने कथा(भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

सनुप पौडेलको आवाजमा डा. ध्रुब श्रेष्ठको ‘तिम्रो आँखामा’: बास्तविक जीवन झल्कने कथा(भिडियो)

गायक सनुप पौडेल द्वारा स्वरबद्द गीत ‘तिम्रो आँखा को भाकामा’ सार्बजनिक गरिएको छ। रचनाकार डा। ध्रुब श्रेष्ठ द्वारा लिखित तथा संगीतकार सुमन रंजीतकार द्वारा संगीतबद्द गीतको म्युजिक भिडियो ओ एस आर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

यस गीतका रचनाकार पेसाले चिकित्सक डा। ध्रुब श्रेष्ठ हाल सिद्दी स्मृति महिला तथा बाल अस्पताल र भक्तपुर जनस्वास्थ्य का वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। यस म्युजिक भिडियोमा रचनाकार स्वयम् र निजका धर्म पत्नी सरु बुढाथोकि लाई मुख्य भुमिकामा देख्न सकिन्छ। यस गीतको रचनाको इतिहास सम्बन्धमा यस्को लेखन खास गरेर केही बर्ष अघि आफ्नो जीवन संगीनी लाई आफ्नो प्रेम ब्यक्त गर्न कबिताको रुपमा रचिएको बताउनु हुन्छ।  त्यसपछि केही समय अघि मात्र साथीहरु सामु त्यही कविता लाई पुन पढेर सुनाउदा कविता सुन्दै गर्नु भएका मित्र तथा संगीतकार सुमन रंजीतकार ले ओ हो यो कविता त गीत बन्न सक्छ भनेर सङीत भर्नु भए पछि कबिता एकाएक गीतको स्वरुप मा आइ पुग्यो र साच्चै भन्नु पर्दा यो रचनालाई यस्को सहि अस्तित्व सम्म ल्याउन मद्दत गर्नु भयोू गीतकार ध्रुब यसरी अगाडि भन्नु हुन्छ। ‘सहि गायकको खोजी को क्रममा सम्पर्कमा रहनु भएका साथिको सल्लाह बमोजिम गायक सनुप पौडेलले यस गीतलाई न्याय दिन सक्ने ठ्म्याईका साथ वहाँ लाई आग्रह गरियो र वहाँ ले पनि सहर्ष स्विकार्नु भए पछि यसरी एउटा कबिताले जिवन्तता पायो,गीत निर्माण सम्बन्ध मा संगीतकार सुमनले अगाडि भन्नू भयो।

मैले सोचे जस्तो गरि शास्त्रिय र पुर्वीय संगीत को फ़्युजन सहित संगीत सम्योजन एरेञ्जर बिबेक शाक्यले पृथक स्वाद दिन मेहनत गर्नु भएको छ जस्ले गर्दा गीत सुन्दा केही फरक महसुस अवस्य हुन्छू संगीतकार सुमन गीत को बारेमा प्रष्ट पार्दै भन्नु हुन्छ। रचनाकार ध्रुब श्रेष्ठ र संगीतकार र संगीत सम्योजक बिबेक शाक्य भक्तपुर संगीतिक समाज संग आबद्ध हुनु हुन्छ। यस म्युजिक भिडियो लाई निर्देशन जिवन आचार्यले गर्नु भएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!