US Khabar
  • कोरोनाले पैदा गरेको संकट र यसको समाधान : गणेश आचार्य

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    कोरोनाले पैदा गरेको संकट र यसको समाधान :  गणेश आचार्य

    अहिले विश्व ब्यापी रुपमा कोरोना भाइरस ( कोभिड -१९ ) ले मानव समुदायमा ठूलो संकट उत्पन्न गरेको छ । बिस्वका ठुला ठुला आर्थिक गतिविधिहरुमा उथल पुथल नै गरेको छ । मान्छेका दैनिकी ज्यादै कष्टपुर्ण भएका छ्न । यो रोग मान्छे मान्छे बिचको सम्पर्कबाट सर्ने भएकोले मान्छे मान्छे बिचको सम्पर्क तोडनको लागि गरिएको बन्दाबन्दीले रोगले भन्दा पनि ठूलो समस्या उत्पन्न गरेको छ । यो के हो ? यसलाइ ब्यबस्थित गर्न नसक्दा कस्ता समस्या पैदा हुन सक्छ्न ? अहिले मान्छेले कस्ता कस्ता समस्या भोगिरहेका छ्न ? के गर्दा जनजिबन सहज र रोगको संक्रमण बाट पनि जोगिन सक्छ ? आदि विषयमा यो सानो लेखमा सामन्य रुपमा चर्चा गर्ने कोशिस गरिने छ ।

    जब कोभिड को प्रारम्भ चिनको उहान बाट भयो , त्यो बेला आउने समाचारले मान्छेलाई आतंकित र त्रसित पारीरहेको थियोे । त्यसको संक्रमण जब क्रमश बिस्वका अन्य देशहरुमा पनि देखिन थाल्यो । त्यसपछी विश्व स्वास्थ्य संगठनले अन्य देशहरुलाइ पनि साबधानिको लागि अनुरोध गरेको थियोे । तर हाम्रो देशले त्यो साबधानिमा कत्तिपनी ख्याल गरेन । हाम्रो जस्तो बिस्वका हरेक जसो देशमा मजदुरहरु पुगेको देशले पहिले त्यहा बाट रोग आउन नसकोस भन्नाको लागि योजना बनाउनु पर्ने थियोे । त्यसो गर्नको लागि बिश्वका हरेक देशमा भएका नीपाली नागरिकहरुको सुरक्षा र परिबारको सम्पर्कमा आउन चाहानेलाइ केही समय निस्चित गरेर स्वदेशमा आउन अनुरोध गर्नु पर्ने थियोे । त्यसो गर्दा देश बाहिर भएका असुरक्षित र तत्काल आउन चाहाने नागरिक स्वदेश आउने थिए । यसले गर्दा हामी दुई थरी समस्या बाट मुक्त हुने थियोे । एक बिदेश बाट संक्रमीत आउने र त्यसैले संक्रमण फैलाउने समस्या टर्ने थियो । दुई बिदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार यस्तो बिपतको बेला पनि सम्झना गरेन भन्ने समस्या हुने थिएन । तर सरकार यो विषयमा गम्भीर भएन । बरु उल्टै भारतमा काम गर्ने नेपाली हरु लाई घरमा आउन नदिएर उतै बाटोमा अलपत्र रोक्ने र कोभिड संक्रमीत गराउने काम भयो । जब उनिहरु त्यहा संक्रमीत भए तब मात्र स्वदेश ल्याउने काम भयो । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा विशेष योगदान गर्ने नेपाली पर्ती सरकारको सौतेलो व्यवहार गर्यो । यति मात्र होइन अहिले पछिल्लो समयमा उद्दार गर्ने बेला चर्को सुल्क तिरेर नेपाल आउन आफ्ना लगेजहरु सहित एरपोर्ट आएका नेपाली नागरिकहरुलाइ समेत त्यही अलपत्र छोडेर नेपाली जहाज खालि फिर्ता आयो । यो भन्दा भद्दा र मजाकको तरीका के हुन्छ ?

    कोभिडको संकट बाट जोगिन वा संक्रमण बाट बच्नको लागि ब्यक्ती ब्यक्ती बिचको सम्पर्क तोडनु नै सबै भन्दा सजिलो उपाय हो भन्ने कुरा चिनको उहानमा गरेको अभ्यासले करिब करिब एउटा प्रकारको सिकाइ भैसकेको थियोे । तर यसलाइ कसरी ब्यबस्थित गर्ने र मान्छेका दैनिक जनजिबन कसरी चलाउने भन्ने विषयमा खास अनुभव र सिकाइहरु थिएनन । तर यसलाइ अनुसासित ढङ्गले चलाउन सक्ने आधारहरु प्रसस्त थिए । कोभिडको सर्बत्र चर्चा हुन थालेपछी जिल्लामा एउटा कार्यक्रम आयोजना भएको थियोे । त्यसमा म पनि सहभागी भएको थिए । त्यसमा सहभागी एक डाक्टरले हाम्रो देशमा कोभिडको संक्रमण भयो भने पहिला भाग्ने हामी स्वास्थ्य कर्मिहरु हो भने । त्यही कार्यक्रममा मैले कम्तिमा डाक्टरहरुले यस्तो कुरा सार्वजनिकरुपमा नबोलौ र हामिले पहिले कम्तिमा डाक्टर तथा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुराउ भन्ने धारणा राखेको थिए । जिल्ला प्रसासनमा भएको पहिलो बैठकमा पनि मैले मान्छेको जीवन भन्दा ठुलो बिकास निर्माणको काम होइन । त्यसैले बिकास निर्माणमा छुट्याइएको बजेट समेत यतै लगानी गरेर नागरिकको जीवन रक्षा गरौ । नागरिकको कुनै गुनासो हुदैन भन्ने धारणा राखेको थिए । तर त्यसमा पनि सरकारको त्यति चासो भएन । जिल्लाको दुर्गम र असुरक्षित ठाउका भारत देखि आएका नागरिकहरुलाई सुगम र सुरक्षित ठाउमा राखौ भन्दा पनि पालिका पालिकाका बिचको क्षेत्रीय भाबनाले त्यो हुन सकेन । जब नेपालमा लकडाउनको प्रारम्भ भयो । त्यसको ३/४ दिन पछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका छाक रोकिन थाल्यो । उनिहरुलाइ सहयोग गर्नको लागि वास्तविक समस्यामा भएना नागरिकहरु पहिचान गर्न र उनिहरुलाइ सहयोग गर्न भनेर वडा स्तरमा सर्बदलिय सयन्त्र बनाउने योजना बन्यो । तर त्यसो नभएर कतिपय वडा र पालिकाहरुले आफ्ना पार्टीका मान्छे हेरेर समस्या नहुदा नहुदै पनि चामलका बोरा र तेलका ग्यालेन पुराउने काम भयो । तर वास्तविक मजदुर र समस्यामा भएका कतिपय नागरिकहरु तत तत पार्टीको सदस्य नभएको कारण भोकै बस्नु पर्ने अबस्था पनि भयो । यो भन्दा अमानवीयता केही हुन सक्दैन ।

    नेपालमा अहिले पनि कतिपय जिल्लामा बन्दाबन्दी को अबस्था छ । कतिपय जिल्ला खुला पनि छ्न । तर सरकार र जिम्मेवार निकायमा बस्ने हरु समस्या समाधान गर्ने भन्दा पनि कसैको निर्देश मान्ने र आफुलाइ सजिलो जसरी हुन्छ त्यही गर्ने गरेको देखिन्छ । संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाइ कन्ट्र्याख ट्रेसिङ गर्ने र पिसिआर परिक्षण गर्ने कुरामा पुरै उपेक्षा छ तर बन्दाबन्दी गरिरहेको छ । यदि कन्ट्र्याक ट्रेसिङ पनि गरिन्न्न । गम्भीरता पुर्बक सम्भाबित ठाउँ पनि खोजिन्न भने बन्दाबन्दीको खास अर्थ नै छैन । कन्ट्र्याक ट्रेसिङमा विशेष ध्यान दिने र सम्भाबित मान्छे लाई तुरुन्तै सामुदायिक आइसोलेसन लैजाने हो भने बाकी ठाउमा सबै खुला गराउदा पनि केही फरक पर्दैन । किनकि बन्दाबन्दीले मान्छे घर बाहिर निस्कन नपाएको समस्या मात्र होइन । यसले देशको बिकास र नागरिकको जिबिकोपार्जन देखि धेरै कुरामा क्षति पुराइराखेको छ । बन्दबन्दिकै कारण आत्महत्या गर्नेको संख्या धेरै डर लाग्दो छ । दिर्घ रोगिले औषधि खान नपाएको कारण ठूलो समस्या छ । मजदुरहरु खान नपाएको कारण तडपिन परेको छ । व्यावसायिहरु लागानी र ऋणका कारण चौपट भएका छ्न । ऋणमा व्यापार ब्यबसाय गरेर कमाएर ऋण तिरौला भन्ने योजना बनाएकाहरु ऋण, ब्याज र किस्ताले जिबनमा कहिले उठन नसक्ने गरि थचारिदै छ्न । होटल व्यावसायि , सार्वजनिक गाडी संचालकहरु र त्यसमा काम गर्ने मजदुरहरुको साझ बिहानको छाक रोकिएको छ । बिरामीले उपचार गर्ने अस्पताल नपाएर ज्यान गुमाउनु परेको छ । उपचारमा जानको लागि सबारी पास नपाएर आफ्नो परिबारको सदस्य गुमाउनु परेको छ । यश प्रकारका अनगिन्ती समस्यहरुमा नागरिकहरु तडपिरहेको अबस्था छ । निर्णय गर्ने हरु नागरीकका समस्या के छ्न , यसले कुन क्षेत्रमा कसरी प्रभावित गर्छ र नागरिकलाइ के कठिनाई हुन्छ भन्ने कुराको ख्याल नै नगरेर साम्राज्यवादीहरुले बनाएको मापदण्डका नाममा नागरिकलाई दुख दिने काम मात्र गरिरहेका छ्न ।

    कोभिड १९ को लक्षण , संक्रमण र मृत्यु दरलाइ हेर्दा यो खास ठूलो समस्या जस्तो देखिदैन । कोभिड १९ का कारण भन्दा यहि बिचमा अन्य रोगका कारण धेरै मानिस मरीरहेका छ्न । यसैका कारण पैदा भएका विभिन्न समस्यालाइ हल गर्न नसक्दा उत्पन्न समस्याले आत्महत्या गर्ने संख्या भन्दा पनि कम छ कोभिडका कारण मृत्यु हुने संख्या । अब यसो हो भने के यो महासंकट नै हो त ? यसरी हेर्दा यो महासंकट जस्तो लाग्दैन । हामिले बर्षमा १/२ पटक रुघाखोकी र भाइरल जोरोको समस्या झेल्दै आएका छौ । यसैका कारण कैयौं मान्छेको ज्यान जाने पनि गरेको छ । सरिरको इम्युनिटी पावर कमजोर भएको र एन्टिबोडी निर्माण नहुने मान्छेको त सामान्य रोगका कारण पनि ज्यान गैराखेको छ । कोभिडका कारण पनि त्यस्तै मान्छेको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन भन्छ धेरै मान्छेलाई त संक्रमण भएको थाहा नै नभएर निको हुन्छ । यसको खास औसधि पनि छैन । यस्तै नै हो भने किन हामिले यति धेरै तमाशा गर्ने ? कतिबेला त लाग्छ यी चिनियाँ र योरोपियनहरु लाई कहिले रुघाखोकी नै लागेको थिएन कि के हो ? सामान्य रुघाखोकी लाई नै यति ठूलो विषय बनाएर विश्व भरीका मानव जातिको दैनिक जीवन नै खलबलाउने काम भयो ।

    कोरोनाका कारण जुन समस्या छ यसको समाधानको लागि पनि तत्काल एकै प्रकारको बुझाइ बनाउन जरुरी छ । कतिपय देशहरु यसै लाई आधार बनाएर आफ्नो अर्थ राजनीति अगाडी बढाउन खोजिरहेका छ्न । यश प्रकारका संकटमा ठुला ठुला आर्थिक केन्द्र र अर्थ राजनीतिहरु उथल पुथल भएको इतिहास पनि हाम्रा अगाडी जहजाहेर नै छ । त्यसैले मानबिय समबेदना माथी आफ्नो अर्थ राजनीतिक रणनीति अगाडी बढाउने कसैले दाउ खोजेको हो भने यो ज्यादै नै निकृस्ट कार्य हुनेछ । यसमा विश्व स्वास्थ्य संगठन विशेष चनाखो हुन जरुरी छ । साम्राज्यवादीहरुको स्वार्थमा चल्ने विश्व स्वास्थ्य संगठनले पनि यस्ता संकट ले साम्राज्यवादी लाई झनै बलियो बनाउने र उत्पीडित राष्ट्रहरु लाई झनै उत्पीडित बनाउने भएको ले सजगता अपनाउला भनेर बिश्वास गर्न सकिँदैन । एउटा गजबको संयोजन के भएको छ भने अहिलेको कोभिड १९ ले साम्राज्यवादी र अर्थ राजनीतिका केन्दहरुलाइ नै ज्यादा थङ्थिलो पारेको छ । अहिलेको गोलोब्लाइजेसनका कारण कुनै देश मात्र जोगिन सक्ने अबस्था छैन । त्यो बाध्यताका कारण उत्पीडित राष्ट्रहरुलाइ पनि केही सहज भएको छ । यो हिसाबले प्राकृतिक सन्तुलन मिलेको छ भन्दा पनि अतियुक्ती नहोला ।

    जसरी अहिले लकडाउन , निषेधाज्ञा र नाका सिल जस्ता कामहरु भएका छ्न । यस्मा स्पष्ट कार्ययोजना नै छैन । पहुच पुग्नेलाइ केही भएको छैन । कतिलाइ त भ्रष्टाचार गर्ने र धन आर्जन गर्ने माध्ययम पनि भएको छ । तर आम नागरिक सामन्य भन्दा सामान्य र सुरक्षित रुपमा गर्न मिल्ने काम पनि गर्न पाएका छैनन । सरकार अब्याबहारीक निर्णय गर्दै बसेको छ । निर्णय गर्ने लाई ब्याबहार थाहा छैन । ब्याबहार थाहा हुने निर्णय गर्ने ठाउमा छैनन । यसले गर्दा सुरक्षित रुपमा गर्न सकिने काम पनि नभएर संकट भएको छ । त्यसैले यो सन्तुलन मिलाउन जरुरी छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">