US Khabar
  • राजेन्द्रकी ” च्यान्टी मायालु”मा आयुष्मा

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    राजेन्द्रकी ” च्यान्टी मायालु”मा आयुष्मा

    नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ ।
    ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

    सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ  । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

    ” च्यान्टी मायालु” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">