US Khabar
  • नेपालमा आज १४५९ जनामा कोरोना, थप ११ जनाको कोरोनाबाट निधन

    - Admin | २ हप्ता पहिले प्रकाशित

    नेपालमा आज १४५९ जनामा कोरोना, थप ११ जनाको कोरोनाबाट निधन

    युएस खबर
    काठमाडौं, ३० भदौ

    नेपालमा कोरोना सँक्रमण बिस्तारै नियन्त्रणबाट बाहिर जादैछ । सँक्रमित दैनिक जसो बढ्ने क्रम रोकिएको छैन । यसै क्रममा आज मँगलबार नेपालमा १ हजार ४५९ जनामा कोरोना सँक्रमण (कोभिड १९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा गरिएको १० हजार ३७५ जनाको परिक्षणमा १ हजार २४६ जनामा कोरोना पुष्टी भएको छ ।

    आज देशभरमा सबैभन्दा बढी सँक्रमित काठमाडौंंमा पाईएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६७६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।

    जसमा काठमाडौंमा ५५५ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । यस्तै भक्तपुरमा ८६ जनामा र ललितपुरमा ३५ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताएका छन् । यसरी काठमाडौंमा दिन दिनै कोरोना सँक्रमित बढीरहेका छन् ।

    योसँगै नेपालमा सँक्रमित ५६ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको पनि डा. गौतमले बताए ।

    यसैगरी पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी १ हजार २६२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेका डा. गौतमले बताएका छन् । नेपालमा आज १५ हजार ७८९ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार २५० जना रहेको पनि डा. गौतमले बताए ।

    त्यसैगरी नेपालमा कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा थप ११ जनाको निधन भएको छ । मृतकहरुमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृतक महिलाहरुमा सिराहाकी १ जना, बाराकी १ जना, काठमाडौंकी १ जना र रुपन्देहीकी १ जना रहेका छन् । यसै गरी मृतक पुरुषहरुमा काठमाडौंका ३ जना, सर्लाहीका १ जना, बाराका १ जना, मकवानपुरका १ जना र कपिलबस्तुका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाटमृत्यु हुनेको सँख्या ३७१ जना पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">