युएस खबर
काठमाडौं, २ असोज
नेपालमा कोरोना सँक्रमण (कोभिड १९) तिब्रगतिमा समुदायमा फैलने क्रम बढेको छ । आज शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात २ हजार भन्दा माथिको सँख्यामा कोरोना सँक्रमित भेटिएपछि स्वास्थ्य विज्ञहरुले कोरोना समुदायमा फैलँदै गएको बताएका छन् ।
आज शुक्रबार मात्र नेपालमा २ हजार २० जनामा कोरोना सँक्रमण देखिएको छ । यो सँख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका ल्याबमा ११ हजार ४५८ जनाको स्वाब गरिएको परिक्षणमा २ हजार २० जनामा कोरोना पुष्टी भएको छ । अब बढी नै सचेत हुन डा. गौतमले अनुरोध गरेका छन् । यो सँगै नेपालमा सँक्रमित ६१ हजार नाघेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको पनि डा. गौतमले बताए ।
आज काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना सँक्रमण देखिएको छ । यो अहिलेसम्मकै उच्च सँख्या होे । जसमा काठमाडौंमा ६९८ जना, ललितपुरमा ७९ जना र भक्तपुरमा ८२ जना सँक्रमित पुष्टी भएको पनि डा. गौतमले बताएका छन् ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा गरी ८७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ४३ हजार ८२० पुगेका छन् ।
नेपालमा आज १७ हजार ३८३ जना आईसोलेसनमा रहेको पनि डा. गौतमले बताए । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ७ हजार ७३६ जना रहेको पनि डा. गौतमले बताए ।
यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टमा देशभरमा थप ७ जनाको मृत्यु भएको छ । मृतकहरुमा ५ जना पुरुष र २ जना महिला रहेको छन् । मृतक पुरुषहरुमा मोरङका २, काठमाडौंका १, भक्तपुरका १ र नवलपरासीका १ जना रहेका छन् । यस्तै मृतक महिलामा काठमाडौंका १ जना र ललितपुरका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाटमृत्युहुनेको सँख्या ३९० जना पुगेको पनि डा. गौतमले बताएका छन् ।
प्रतिक्रिया