US Khabar

नेपालमा कोरोनाबाट मृत्यु दर बढ्यो, आज ११५४ जना सँक्रमित  

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोनाबाट मृत्यु दर बढ्यो, आज ११५४ जना सँक्रमित  

युएस खबर
काठमाडौं, ५ असोज

आज सोमबार नेपालमा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सँख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

यता पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएकामा १ हजार १५४ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका छन् । मृतकहरुमा झापाका १, सुनसरीका १, पर्साका १, काठमाडौँका २, भक्तपुरका २, ललितपुरका २, मकवानपुरका २, चितवनका १, दोलखाका १, रुपन्देहीका १ र बाँकेका २ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४२७ जना पुगेको हो ।

यस्तै डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म ४७ हजार २३८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको पनि प्रवक्ता गौतमले बताए ।
आज देशका विभिन्न आईसोलेसनमा १७ हजार ६११ जना उपचाररत छन् । यस्तै आज ७ हजार ४०३ जना विभिन्न क्वारेन्टिनमा रहेका पनि डा. गौतमले बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!