US Khabar

रिसाएकी मायालु फकाउदै मिस्टर आरजे : [ नरिसाउ न होई ]

- Admin | ३ वर्ष पहिले प्रकाशित

रिसाएकी मायालु फकाउदै मिस्टर आरजे : [ नरिसाउ न होई  ]

नायक पल शाह, नायिका बर्षा सिवाकोटी, मोडल सरोज अधिकारी र आश्मा विश्वकर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा बर्षा र आश्मालाइ पल र सरोजले फकाइरहेको देख्न सकिन्छ।

‘नरिसाउ न होई’ बोलको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे) र इश्वरी बरालले श्वर भरेका छन्। सुरज गैह्रे बिबसले गीतको शब्द रचना गरेका हुन्। पछिल्लो समय सुरजले लेखेका गीतहरु धमाधम रिलिज भैरहेको छ। गीतमा राजेन्द्रकै संगीत र ओम सुनारको एरेन्ज रहेको छ।

शान थापाले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरीयोग्राफ रहेको छ। भिडियोमा २ बाल कलाकार रुबल बस्नेत र देवांशी आर एल शाहको पनि अभिनय रहेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!