US Khabar
  • कोरोनाबाट यो साता बिदेशमा २१ जना नेपालीको गयो ज्यान

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    कोरोनाबाट यो साता बिदेशमा २१ जना नेपालीको गयो ज्यान

    युएस खबर
    लन्डन, ११ असोज

    विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विभिन्न मितिमा ििबदेशमा रहेका २१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना नेपालीको शनिवार साँझसम्म ज्यान गएको हो । यो सहित हालसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

    गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।
    ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

    समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">