US Khabar
  • आयो शम्भुजीत, जुगल, डब्बु र सरिताको गीतिसँग्रह पहिलो भेटमै

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    आयो शम्भुजीत, जुगल, डब्बु र सरिताको गीतिसँग्रह पहिलो भेटमै

    युएस खबर
    काठमाडौं, ११ आसोज

    अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वर रहेको नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ श्रोता माझ आएको छ । कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा, गायिका सरिता भारती र गीतकार डब्बु क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहबीच बिमोचन गरेका हुन् ।

    लोक पप गीतहरु रहेको सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेको छ ।

    सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे। उनले गायिका भारतीलाई गायन क्षेत्रमा अझ सफलताका शुभकामना पनि दिए ।

    दुई दशकदेखि गीत लेखनमा लागेका गीतकार डब्बु क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए । यस अघि आफुले चलचित्र पापी मान्छे सहित केही फिल्मको गीतमा बासकोटासँग काम गरेको अनुभव सुनाए । अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

    यस अघि मेरो जवानी…, लुडो र तास…, कोरोनाले देशै रायो…रातो सारी लरक्कै…जस्ता गीति एल्बम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् । चार दिनपछि गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको चौथा साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराईन् । सरिताको देउडा गीत ए गाजलु रेकर्ड भईसकेको छ । बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन् ।

    यो गीत नृत्यप्रधान बनेको छ । गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए । यो सँग्रहमा रहेको अर्को गीत पहिलो भेटमै…लाई जुगल डंगोलले संगीत गरेका हुन् । दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन् ।

    यसैबीच पहिलो भेटमै…गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।

    यस्तै सँग्रहमा रहेको बजाई देउ बाजा लोक पप शैलीको गीत हो । जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">