US Khabar

बिन्दुको “माया गर्छु” मा पहिलो पटक स्क्रिनमा नाजिर र ट्वीन्स गर्ल

- Admin | २ वर्ष पहिले प्रकाशित

बिन्दुको “माया गर्छु” मा पहिलो पटक स्क्रिनमा नाजिर र ट्वीन्स गर्ल

 गायिका बिन्दु परियारको आवाजमा रहेको गीत माया गर्छु है सार्बजनिक लगत्तै चर्चाको शिखरमा छ । पहिलो पटक एकैसाथ स्क्रिन सेयर गरेका नायक नाजिर हुसेन र टिकटकका लोकप्रिय बनेका ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका छन् ।अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई राजीव समरले कोरियोग्राफि गरेका छन् । यतिबेला गीतले दर्शक र स्रोताको मन जितिरहेको छ ।

गीतमा शब्द एकनारायण भण्डारी र संगीत तथा म्युजिक एरेन्ज सुदिप सागरको रहेको छ । बिन्दुका यसभन्दा अगाडिका पर्ख पर्ख मायालु, पहिलो नम्बरमा र घरबार जस्ता सुपर हिट गीतमा माया गर्छुले कस्तो चमत्कार गर्ने हो हेर्न भने केही दिन कुर्नुपर्नेछ ।

यस्तो छ भिडियो

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!