युएस खबर
काठमाडौं, १९ असोज
नेपालमा आज सोमबार २ हजार ४४० जनामा कोरोना (कोभिड १९) भाईरस सँक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ४४० जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना भाइरसबाट सँक्रमितको सँख्या ८९ हजार २६३ पुगेको छ ।
यस्तै डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ आज ५३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललिपुरमा २५० जना रहेका छन् ।
यस्तै डा. गौतमका अनुसार विभिन्न आईसोलसनमा अहिले २३ हजार ५०७ जना उपचाररत छन् । हाल ४ हजार ३३ जना संक्रमित क्वारेन्टिनमा रहेको पनि डा. गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएको पनि डा. गौतमले बताए । योसँगै हालसम्म नेपालमा ६५ हजार २०२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सँक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । मृतकमा १४ जना पुरुष र ५ जना महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको सँक्रमणबाट मृत्यु हुनेको सँख्या ५५४ जना पुगेको छ ।
प्रतिक्रिया