US Khabar

शर्मा जीको निर्देशनमा सार्वजनिक ‘मुटु मेरो चलाउने’ गीतमा गाउँले परिवेशको प्रेम कथा

- Admin | २ वर्ष पहिले प्रकाशित

शर्मा जीको निर्देशनमा सार्वजनिक ‘मुटु मेरो चलाउने’ गीतमा गाउँले परिवेशको प्रेम कथा

शर्मा जीको निर्देशनमा सार्वजनिक ‘मुटु मेरो चलाउने’ गीतमा गाउँले परिवेशको प्रेम कथा निर्देशक शर्मा जीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक पवन भाट र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘मुटु मेरो चलाउने’ बोलको गीत टीएलएन मिडियाको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

दर्पण यात्रीको शब्द तथा गायक पवन स्वयंको संगीत तथा एरेन्ज रहेको यस गीतमा नेपाली ग्रामिण परिवेशको प्रेम कथालाई सशक्त रुपमा चित्रण गरिएको छ । निर्देशक शर्मा जीले गीतको मर्मलाई कलात्मक रुपमा चित्रण गरेकाले पनि भिडियोमा नेपाली समाजको यथर्थाता देखिन्छ । जसमा प्रयोग भएका स्कुले पहिरन, स्कुले किशोरावस्थामा आफुलाई मन परेको मान्छेबाट प्रेम प्रस्थाव आउँदा मनमा हुने कौतुहलता खुसि ,भविष्यको सपना र कल्पनालाई प्रस्तुत गरिएको छ ।

देवेन्द्र बब्लु र गीता ढुंगानाको अभिनय रहेको भिडियोलाई राम कुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । मनोज बस्नेत र सुजन शर्मा पोख्रेल निर्माता रहेको ‘मेरो मुटु चलाउने’ बोलको यस गीतका निर्देशक शर्मा जी पछिल्लो समय शर्मा जी टाइटल बाट आफ्ना रचनाहरु राख्ने साथै यसै ग्रुप मार्फत सामाजिक क्रियाकलापमा सक्रिय रहंदै आएका छन् ।

प्युठान मा जन्मिएका उनि शर्मा जी ‘प्यूठान’ नामले पनि परिचित छन् । नेपाली साहित्यमा सक्रिय रहंदै आएका उनिद्वारा निर्देशित यस गीत सार्वजनिक भए लगत्तै धेरै स्रोता दर्शकको रोजाईमा परिरहेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!