US Khabar
  • आज नेपालमा ४०४७ जना सँक्रमित, कोरोनाबाट थप ९ मृत्यु

    - Admin | २ हप्ता पहिले प्रकाशित

    आज नेपालमा ४०४७ जना सँक्रमित, कोरोनाबाट थप ९ मृत्यु

    युएस खबर
    काठमाडौं, २६ असोज

    आज सोमबार नेपालमा ४ हजार ४७ जनामा कोरोना भाईरस (कोभिड १९) सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कुल कोरोना सँक्रमितको सँख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार २८३ जनामा कोरोना पुष्टि भएको छ । डा. गौतमका अनुसार सँक्रमित मध्ये काठमाडौँमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललिपुरमा २७७ जना रहेका छन् । हाल देशभर ३३ हजार ८८० जना विभिन्न आईसोलेसन सेन्टरमा उपचाररत छन् । यतीबेला देशका विभिन्न क्यारेन्टाईनमा ४ हजार ८३१ जना रहेका पनि डा. गौतमले बताए ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त भइ घर फर्किनेको सँख्या ७७ हजार २७७ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सँक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ७ पुरुष र २ जना महिला रहेका छन् । मृतक पुरुषहरुमा सुनसरीका ३ जना, काठमाडौंका २ जना, ललितपुरका १ जना र रुपन्देहीका १ जना रहेका छन् । मृतक महिलामा काठमाडौंकी १ जना र चितवनकी १ जना रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">