पछिल्लो समयका सर्वाधिक लोकप्रिय गायक तथा मोडल चक्र बमको नयाँ गीत सार्वजनिक भएको छ । कलाकार चक्र स्वयंको संगीत तथा टुरिस्ट जंग बिक र चक्र बमको शब्द रहेको ‘नौगेडी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
परदेशीने नेपाली युवाहरुको कथालाई समेटिएको यस गीतमा गायक चक्र संगै गायिका एलिना चौहानको पनि युगल आवाज रहेको छ । कृष्ण विकको संगीत संयोजन रहेको गीतमा विदेश जान लागेको श्रीमानको धन कमाउने र आफ्नी श्रीमतीलाई गहना किनीदिने रहरका प्रशंग अभिब्यक्त छ भने श्रीमतीले विदेश नजान आग्रह गरेकी छन् ।
टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा निर्माण भएको भिडियोमा कलाकार चक्र स्वयंको अभिनय रहेको छ भने मोडल नग्मा श्रेष्ठ उनकी श्रीमतीको भूमिकामा देखिएकी छन् ।
ग्रामिण परिवेशलाई चित्रण गरिएको ‘नौगेडी’को भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् । सुदुर र मध्य पश्चिम तथा भारत उत्तराखण्डमा बोलिने मौलिक भाषको प्रयोग गर्दै सयौं गीतहरुमा गायन र अभिनय प्रस्तुत गर्दै आएका कलाकार चक्र बमको यतिबेला ‘ओए काजल’ बोलको गीत सामाजिक संजाल टिकटक र युटुवमा सर्वाधिक चर्चामा रहेको छ ।
प्रतिक्रिया