US Khabar

आज २६३८ जना सँक्रमित, कोरोनाबाट थप १२ को मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

आज २६३८ जना सँक्रमित, कोरोनाबाट थप १२ को मृत्यु

युएस खबर
काठमाडौं, २८ असोज

आज बुधबार नेपालमा २ हजार ६३८ जनामा कोरोना (कोभिड १९) भाईरस सँक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५५६ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । योसँगै नेपालमा हालसम्म १ लाख १५ हजार ३५८ जना कोरोना सँक्रमित भईसकेका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ९९६ जना, भक्तपुरमा १०२ र ललिपुरमा ३०५ जना रहेको पनि डा. गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १७४ जना कोरोना मुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना निको हुनेहरुको सँख्या ८० हजार ९५४ पुगेको छ ।

यस्तै मुलुकका विभिन्न आईसोलेसन सेन्टरमा ३६ हजार ३६७ जना ब्यक्तिहरु कोरोनाको उपचारमा रहेका छन् । यस्तै यतीबेला ४ हजार ६६६ जना ब्यक्तिहरु क्वारेन्टिनमा रहेको पनि डा. गौतमले बताए ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको निधन भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ६७५ जना पुगेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!