US Khabar

यो दशैंको रमाईलो गीतमा सरिता र राहुल

- Admin | २ वर्ष पहिले प्रकाशित

यो दशैंको रमाईलो गीतमा सरिता र राहुल

युएस खबर
काठमाडौं, १ कात्तिक

यसपालीको दशैंलाई मध्येनजर राख्दै नयाँ गीत ‘यो दशैंको रमाईलो…’ को भिडियो यतीबेला दर्शकमाझ ल्याईएको छ । गायक सुवर्ण कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाको स्वरमा तयार यो गीतको भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो । भिडियोलाई यतीबेला भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त छिन् । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताईन् । राहुल र सरिताले सँगै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ ।

लिँगे पिङ हालेर गाउँलेको जमघटमा यो गीतको भिडियो तयार गरिएको छ । तीन साता अघि छायाँकन गरिएको यो भिडियो यतीबेला रिलिज गरिएको हो । दशैंको अबसरमा भेट भएका अपरिचित युवा युवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसँग र दशैं तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै हो ।

 

मोहनिस श्रेष्ठको छायाँकन, सुवर्ण कुमारको सम्पादन, मिना लामाको सृँगार, दिलमायाँ मगरको ड्रेस डिजाईन, रेश्मा श्रेष्ठको एसोसिएट कोरियोग्राफीमा सो भिडियो तयार भएको हो ।

गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोईराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!