US Khabar

कोरोनामा स्वदेश जान नपाएकाहरुको आवाज लिएर आए हरी

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोनामा स्वदेश जान नपाएकाहरुको आवाज लिएर आए हरी

टेक्सास, टेक्सासमा रहेका युवा गायक हरि लामिछानेले दशै सम्बन्धी गित लिएर आएका छन् । महामारीका कारण स्वदेश जान नपाएका लाखौं नेपालीहरुको आवाज स्वरुप हरिले सुक्यो होला हिलो मैलो गित लिएर आएका छन् । ्रआफ्नै संगित र स्वरमा रहेको गित अमेरिका र नेपालमा छायांकन गरिएको हो । चर्चित निर्देशक सुब्ररात आचार्यले निर्देशन गरेको गितको भिडियो निकै उत्कृष्ट बनेको छ ।

आफन्त, बालापन, मायालुृ, जन्मथलो सबैलाई समेटिएको भिडियोले सबैलाई दशैंको पुराना दि सम्झाउने गराउंछ । गितमा हरिका साथै अर्शिना भट्राई, प्रनिश श्रेष्ठ, सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय छ । उत्सव दाहालले नेपाल र आकाश रन्जीतले अमेरिकामा छायांकन गरेको भिडियो नबिन निरौलाको सम्पादनमा छ । गायक लामिछानेले गित सुनेर राम्रो प्रतिकृया पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

लामीछाने फोटो तथा भिडियोग्राफिका साथै गायनमा सकृय रहंदै आएका छन् । बिराटनगरका लामिछाने बिगत केहि बर्षदेखी टेक्सासको ड्यालासमा परिवार सहित बस्दै आएका छन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!