गत बर्ष अत्याधिक सफल भएको गीत हो ओई भन्यो मायाले झ्यालबाट । शब्द संगीत र गायन तिन वटै पक्ष लोकप्रिय भएको यो गीत हरी गिरी विमर्षीको गीत हो । बुवा ओमलाल गिरी र आमा ईन्दिरा गिरीको सन्तानको रुपमा कालीगण्डकी ५ लम्करा गुल्मी (सावीक) फोक्सीङ् १ लम्करा गुल्मीमा जन्मेका गायक हरी गिरी ‘बिमर्षी’ आफैंले लेखेर संगीत र आवाज भरेको यो गीत बालबालिका देखी बृद्ध बृद्धा सम्मले मन पराएको गीत हो ।
२०७३ सालमा ईतिहासमा नाम होस् बोलको गीत रेकड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका गायक विमर्षी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल नाम हो । कक्षा नौ मा पढ्दाताकाबाट गीत गाउन सुरु गरेका गायक तथा सर्जक विमर्सीका यस अघिका गीतहरु छक्कै परें देखेर, संगै हुने कहिले, अरवको लाहुरे, याद आउने दील लगायतका गीतहरु पनि स्रोता दर्शकको प्रशंसा पाएका गीतहरु हुन् ।
छोरा हुनुको पारिवारिक दाहित्व निर्वाह गर्दै गायन कर्मलाई संगै लिएर हिँडेका गायक विमर्षी नेपाली मौलिक परिवेशका टिपिकल शब्दहरुलाई कलात्मक रुपले संयोजन गरेर उत्कृष्ट गीत नेपाली संगीत बजारलाई दिंदै आएका गायक हुन् । उसो त उनि सबै प्रकारका गीतहरुलाई उत्तीकै सम्मान गर्ने संगीतकर्मी हुन् । नेपाली माटो र अवस्था सुहाउँदो शब्द र संगीतले नेपालीको वास्तविक परिचय बोकेको हुन्छ भन्ने लाग्छ उनलाई । उनका मन पर्ने गायक जीवन शर्मा हुन् ।
संगीत क्षेत्रमा नआएको भए अहिले कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा उनि भन्छन् गायक नभएको भए ब्यापार तथा कृषिमा हुन्थें म । गायक भएपनि कृषि र ब्यवसायलाई संगै लैजाने सोचमा अझै पनि छु म ।
औपचारिक संगीत संगीत यात्राको तेस्रो बर्षमा हिँडिरहेका विमर्षीका संख्यात्मक हिसावले हेर्दा २ दर्जन बढि गीत उनको आवाजमा छन् भने गायन भन्दा उनका शब्द संगीतमा धेरै गीतहरु रेकर्ड भएको पाईन्छ ।
संगीतको बिसाल सागरमा होमिएका गायक तथा स्रर्जक विमर्षी तिज गीतमा पनि उत्तीकै सशक्त छन् । उनिद्वारा लेखिएका, संगीत गरिएका र गायिएका गीतहरु सर्वोत्कृृष्ट सुचिको मनोनयनमा पर्दै आएका छन् भने छायाँछवि तिज गीत अर्वाडबाट पनि उनि सम्मानित भएका थिए ।
ओई भन्यो मायाले झ्यालबाट गीतको सफलता पछि धेरै जनाले उनिसंग अनुरोध पनि गरेका छन् यस्तै प्रकारको गीत चाहियो भनेर । सुन्दा खुसी लाग्छ उनलाई, आफुले सृजना गरेको गीत आफु हिँडिरहेको बाटो वरपर, गाउँघर, शहरका भिडभाडहरुमा बजिरहेको सुन्दा । यस्तो लाग्छ बल्ल सुरु भएछ मेरो सांगीतिक यात्रा । हुन पनि हो एउटा संगीतकर्मीका लागि गीत चर्चामा आउनु सफलता र चुनौती दुवै सावित हुने गर्छ किनकी गीतको सफलता संगै स्रोताहरुको अपेक्षा पनि बढि भै दिने गर्छ ।
गायक हरी गिरी बिमर्षी पछिल्लो समय संगीतकर्म मै ब्यस्त छन् । उनका केही गीतहरु बजारमा आउने तयारीमा छन् । जसमध्य “अन्तरास्ट्रिय मान्छे”बोलको गीत भिडियो निर्माण तयारीमा छ । जसमा उनका आफ्नै भाई ललित गिरी र उनी संगै बविना किँरातीको स्वर रहेको छ । शब्द संगीत भने विमर्षी स्वयंको हो ।
अन्तरास्ट्रिय मान्छेको बजार ब्यबस्थापन संगै प्रकाशनको जिम्मेवारी पाएको US MEDIA NETWORK का संचालक यबम गीतका निर्माता किशन रेग्मी गीतले राम्रो दर्शक पाउनेमा आफु ढुक्क भएको बताउछन। उनि भन्छन हामी यो गीत दशैं लगत्तै सार्बजनिक गर्ने छौ। गीतलाइ मनोज बस्नेतले निर्देशन गर्ने भएका छन्। बिमर्षीको “चाइनाको रेल” गीत पनि बजारमा आउने तयारीमा रहेको छ ।
नेपाली लोक संगीतको पदचाप पछ्याउँदै शब्द संगीत र आवाज मार्फत मौलिकताको रंग प्रस्तुत गर्दै आएका हरी गिरी बिमर्षीलाई यूएस खबर परिवारको तर्फबाट निरन्तर सफल संगीत यात्राको शुभकामना
प्रतिक्रिया