प्रधानमन्त्री केपी शर्माले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच टेलिफोन बार्ता भएको छ । विश्वब्यापी महामा महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका बारेमा प्रधान मन्त्री ओली र मोदी विच आज टेलिफोन संवाद भएको हो ।
भारतिय प्रधानमन्त्री मोदीसंग भएको संवादबारे प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक संजाल ट्वटर मा ट्विट गर्दै जानकारी समेत दिएका छन् । उनले कोरोनाभाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।
यस्तै, ‘लकडाउन’का कारण एक–अर्को मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा समेत जोड दिएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् जानकारी गराएका छन् ।
यस्तो छ प्रधानमन्त्री ओलीको ट्विट
प्रतिक्रिया