US Khabar

पागलको भूमिकामा जीबि चिरन: एक पछि अर्को मार्मिक अभिनयको चर्चा

- Admin | २ वर्ष पहिले प्रकाशित

पागलको भूमिकामा जीबि चिरन: एक पछि अर्को मार्मिक अभिनयको चर्चा

पछिल्लो समयका दर्शक र कलाकर्मीबाट प्रशंसा बटुल्दै सफलताको यात्रामा रहेका कलाकार हुन् जीबि चिरन । गत साता उनको नयाँ गीत सार्वजनिक भयो बहिनी बोलको । जसमा उनि पुन अर्को दमदार अभिनयका साथ देखिए । अत्यन्त माया गर्ने आफ्नी बहिनीको यादमा तड्पिरहेको एक मानशिक रोगीको भूमिकमा देखिएका चिरनको अभिनयको प्रसंसा उनका नयाँ पुराना दर्शकले गरिरहेका छन् ।

हेमन्त कान्छा रसाईलीको आवाज र संगीत रहेको यस गीतको शब्द र कन्सेप्ट सतिश अधिकारीले सृजना गरेका हुन् । लोक लयमा रहेको यस गीतमा कलाकार चिरनकी बहिनीको रुपमा सुजल बमलाई प्रस्तुत गरिएको छ । सुजल ति कलाकार हुन् जो बोल्न र सुन्न सक्दिनन् तर उनि आफ्नो क्षमताकै कारण मिस एसईई २०१९को फोर्थ सनरअप बन्न सफल भएकी थिईन् । टिकटक र अभिनयबाट प्रशंसा बटुलीरहेकी सुजल यस पटक चिरनकी बहिनीको भूमिकामा रहेकी छन् जसको सुरक्षाका लागि चिरनले आफ्नो मानसिक सन्तुलन गुमाउनु परेको थियो । दाजुको स्नेह र कर्तब्यलाई अत्यन्त भावुक रुपमा देखाईएको यस भिडियोमा चिरनले मानसिक सन्तुलन गुमाएपनि उनको स्मरणबाट बहिनीको सम्झना हट्न सकेको छैन ।

बिक्रम चौहानको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा समिक्षा पोख्रेल र निना बुढाथोकीको पनि केन्द्रिय भुमिका रहेको छ जो मानसिक रोगीको उपचारमा खटिएका चिकित्सका रुपमा रहेका छन् । पागलखानाको वास्तविकतालाई अत्यन्त कलात्मक रुपमा चित्रण गरिएको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने दिन्शन साहले सम्पादन गरेका हुन् ।

कलाकार जीबि चीरनको यस बर्षको बहु चर्चित गीत हो दुई अक्षरको मायाले गर्नु गर्या छ । यस गीतमाथी लाखौं टिकटक बनेका छन् भने देश बिदेशमा रहेका नेपालीले गीतको प्रसंसा गरिहेका छन् । उनको यस गीतमा उनको मार्मिक अभिनयकै कारण उनि चर्चामा आएका थिए भने दशैं बिषेश गीतमा समेत परदेशी छोराको अभिनयमा उनको तारिफ भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!