US Khabar

दशैं मनाउन झापा पुगेका वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

दशैं मनाउन झापा पुगेका वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएपछि गरिएको पिसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनमा कोरोना संक्रमण पुष्टी भएको हो ।

झापाको मेचीनगरका स्थायी बासिन्दा प्रसाई दशैँ मनाउन प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट झापा आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनको पिसिआर परिक्षण झापामा नै गरिएको थियो । मंगलबार उनको रिपोर्ट पोजेटिभ देखिनुका साथै उनका छोरा राजेश प्रसाईमा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रदेश प्रमुख प्रसाई आफ्नै घरमा ‘आइसोलेसन’मा बस्ने भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!